• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक


  •    संवाददाता/ बुधबार, माघ १७, २०८०  

  • राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लङ्घनका दोषीहरूको नामावली सार्वजनिक गरेको छ ।आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले माघ १५ गते विज्ञप्ति जारी गर्दै मानव अधिकार उल्लङ्घनका ६० जना दोषीहरूको नामावली सार्वजनिक गरेको हो ।

    नेपाल प्रहरीतर्फ मानव अधिकार उल्लङ्घनका दोषीहरूमा आयोगले एसपी योगेश्वर रोमखामी, एसपी रामकुमार खनाल, एसपी नारायणकुमार आचार्य, एसपी उमाप्रसाद चर्तुवेदी, डिएसपी कामाख्या नारायण सिंह, डिएसपी नारायणप्रसाद चिमोरिया, डिएसपी टेकुनन्द इवा लिम्बु, डिएसपी हनुमान शाह, इन्स्पेक्टर गोविन्दप्रसाद साह, इन्स्पेक्टर महेन्द्र दर्नाल, इन्स्पेक्टर दीपेन्द्र श्रेष्ठ, इन्स्पेक्टर दुर्गालाल चौधरी, इन्स्पेक्टर कमलप्रसाद गिरी, असई नवराज दाहाल, असई ऋषि खनाल, असई राजनप्रसाद नेपाल, असई खड्गबहादुर कार्की, असई दिनेश अधिकारी, असई महाविर राज धावे, असई बासुदेव चौधरी, सई रामकुमार यादव, सई श्याम राउत, सई धर्मेन्द्र कुमार सिंह, सई चक्र बस्नेत, प्रहरी हवल्दार भुवनसिंह कार्की, प्रहरी हवल्दार युवराज बस्नेत, प्रहरी हवल्दार हर्कबहादुर थापा, प्रहरी हवल्दार केदार अधिकारी, प्रहरी हवल्दार दलबहादुर कार्की, प्रहरी जवान विनोद ठाकुर, प्रहरी जवान टार्जन गुरुङ र प्रहरी जवान निलम संग्रौला रहेको जनाएको छ ।

    त्यसैगरी नेपाली सेना तर्फ सेनानी कृष्णमुरारी न्यौपाने (गुल्मपति), सेनानी सुरत रावल (युद्धकार्य अधिकृत), सहसेनानी चक्रबहादुर कार्की र क्याप्टेन दिनेश थापा रहेका छन् भने सशस्त्र प्रहरी बल तर्फ सशस्त्र प्रहरी प्रमुख प्रकाश ओझा र राष्ट्रिय अनुसन्धान तर्फ इन्स्पेक्टर लिलाधर पौडेल रहेको आयोगले विज्ञप्ति मार्फत ध्यानाकर्षण गराएको छ ।

    निजामति कर्मचारीतर्फ प्रमुख जिल्ला अधिकारीहरू दीपककुमार पहाडी, सरोजप्रसाद गुरागाई, रमा आचाय माधवप्रसाद ओझा, शालीग्रााम शर्मा पौड्याल र शिवप्रसाद नेपाल छन् भने सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम अधिकारी, विभाग प्रमुख द्रोण पोखरेल, कारागार प्रमुखहरू देवेन्द्रप्रसाद श्रेष्ठ र कमला घिमिरेसहित निमित्त कारागार प्रमुख यामलाल ओली तथा नासु दिपेन्द्रप्रसाद पौडेलको पनि नाम आयोगले सार्वजनिक गरेको छ ।

    त्यस्तै आयोगले तत्कालीन नेकपा माओवादीका खण्टे कामी, श्रवणकुमार यादव, रामअवतार महतो, रामविलास यादव, हृदय यादव, प्रभु साह, एसपी किराँती, हरिप्रसाद दाहाल, अर्चन भन्ने मनप्रसाद गौतम र नन्कु बेहना पनि मानव अधिकार उल्लङ्घनका दोषीहरूको सूचीमा रहेको उल्लेख गरेको छ ।

    सिफारिस गरिएका ६६ मध्ये ६ जनाको हकमा कारवाहीको जानकारी प्राप्त भएकोले नाम सार्वजनिक नगरिएको आयोगका सहसचिव एवम् प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.