• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, असार ०५, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थाले


  •    संवाददाता/ सोमबार, माघ १५, २०८०  

  • सामाजिक सुरक्षा भत्ता लिदै आउनुभएका लाभग्राहीहरुलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंक जान कठिनाई भएपछि डिलाशैनी गाउँपालिकाले गाउँघरमै सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेको छ ।

    गाउँपालिकाले गाउँघरमै आएर भत्ता वितरण गर्न थालेपछि आफूहरुलाई सहज भएको स्थानीय लाभग्राही गगनसिंह बोहराले बताउनु भयो ।

    उहाँले भन्नु भयो– ‘यस भन्दा अगाडि सामाजिक सुरक्षा भत्ता लिन सास्ती भयो । सामाजिक सुरक्षा भत्ताकै लागि एक दिन विताउनु पर्थो । बैंक भएको स्थानमा पुग्न नै दुःख हुन्थ्यो । गाउँपालिकाले अहिले राम्रो काम गरेको छ ।’

     

    विकट ठाउँहरुबाट जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय नजिक रहेका बैंकमा पुगेर भत्ता लिन असहज भएको जनगुनासो अनुसार गाउँपालिकाले बैंकसँग समन्वय गरी गाउँघरमै गएर सामाजिक सुरक्षा भत्ता रकम भुक्तानी गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताउनु भयो ।

    गाउँपालिका र कुमारी बैंकको सयुक्त आयोजनामा ०८० माघ ५ गतेदेखि सामाजिक सुरक्षा भुक्तानी शिविर सञ्चालन गरी दोस्रो त्रैमासिकको सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरिएको डिलाशैनी गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख लोकराज जोशीले बताउनु भयो ।

    ज्येष्ठ नागरिक, अशक्त र आपाङ्गता भएका व्यक्तिहरुको सहजताका लागि गाउँगाउँमै गएर सामाजिक सुरक्षा भत्ता वितरणको काम भइरहको उहाँको भनाइ छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.