• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान सम्पन्न


  •    अभियान हाम्रो / बिहिबार, माघ ११, २०८०  

  • राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा निर्वाचित हुने चार जना सदस्य पदका लागि राष्ट्रियसभा मतदान उपमहानगरपालिका-४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा माघ ११ गते सम्पन्न भएको छ ।

    निर्वाचनमा बागमती प्रदेशसभाका दुई र स्थानीय तहका तीन गरी पाँच जना मतदाता अनुपस्थित भएका मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले जानकारी दिनुभयो । बागमती प्रदेश सभातर्फको १ सय १० जनामध्ये १ सय ८ जना प्रदेशसभाका सदस्यहरूले मतदान गरेका छन् । स्थानीय तहका २ सय ३७ जना मतदातामा २ सय ३४ जनाले मतदान गरेका छन् ।

    दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षको निधन भएकाले प्रदेशको १ सय १९ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २ सय ३८ मतदाता हुनुपर्नेमा २ सय ३७ मतदाता कायम रहेको थियो । २ सय ३७ मतदातामध्ये नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ प्रहरीको फरार सूचिमा रहेकाले अनुपस्थित हुनुभएको छ । उहाँ चेक अनादर मुद्दामा फरार हुनुहुन्छ । प्रदेश संरचनाको विरोध जनाउँदै आउनुभएका काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाह पनि मतदान गर्न हेटौँडा आउनुभएन ।

    यसैगरी, काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेरबहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी हुनुभएन । बागमती प्रदेशसभातर्फ हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्य र सरिता खड्की अनुपस्थित भएका छन् । बागमतीमा एमालेबाट रामचन्द्र राई र दिलकुमारी रावल, एकीकृत समाजवादीका सिंगबहादुर विश्वकर्मा र स्वतन्त्र सांसद खिमलाल देवकोटाको रिक्त पदमा निर्वाचन भएको हो । राई अपाङ्गता, अल्पसङ्ख्यक, रावल महिला, विश्कर्मा दलित र देवकोटा अन्य समूहबाट निर्वाचित हुनुभएको थियो ।

    बागमतीको रिक्त चार सिटका लागि ६ दलका १५ जना चुनावी प्रतिस्पर्धामा छन् । सत्ता गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबातर्फबाट चार, नेकपा एमालेबाट चार, राप्रपाबाट तीन र नेपाल मजुदर किसान पार्टीबाट चार गरी १५ जना उम्मेदवार छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.