• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

आमरण अनशनमा बसेकि रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर


  •    अभियान हाम्रो / बिहिबार, माघ ११, २०८०  

  • जिल्ला प्रशासन कार्यालयको गेटमा  माघ ७ गतेदेखि आमरण अनशनमा बस्नुभएकी रामेछाप नगरपालिका-१, गोठगाउँकी बिनु यादवको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।

    खुल्ला आकासमुनी कार्यालय छिर्ने गेटको सडकमा म्याट ओछ्याएर अनशन बस्नुभएकी यादवले चार रात खुल्ला आकासमुनी नै पानी समेत नखाई काटिसक्नु भएको छ ।

    जिल्ला अदालत रामेछापले सम्बन्ध विच्छेदको फैसला सुनाएको पति प्रदीप कठायतसँगको सम्बन्ध उच्च अदालतले कायम गरिदिएकोले पतिकै घरमा बस्न पाउनुपर्ने माग राखेर कठायतको मन्थली स्थित घरमा माघ ५ गते जाँदा परिवारले बस्न नदिएको भन्दै यादव जिल्ला प्रशासन कार्यालयमा धर्ना बस्न पुग्नुभएको हो ।

    सम्बन्ध कायम गर्ने उच्च अदालतको फैसला चित्त नबुझेर प्रदीपले सर्वोच्च अदालतमा पुनरावेदन गर्नुभएको छ । सर्वोच्च अदालतको फैसला नआएसम्म बिनुलाई घरमा राख्न नसक्ने कठायत परिवारको भनाइ छ भने सर्वोच्च अदालतको फैसला नआउँदासम्म आफू प्रदीपकै पत्नी भएकोले घरमा बस्न पाउनु पर्ने माग बिनुको छ ।

    शान्तिपूर्ण रूपमा घरमा बस्ने वातावरण मिलाइदिनु भनि राष्ट्रिय महिला आयोगबाट जिल्ला प्रशासन कार्यालयलाई पत्र लिएर आउनु भएकी यादवको विषयमा प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जनप्रतिनिधि, सरोकारवाला तथा दुवै पक्षलाई राखेर पटक पटक छलफल गराउँदा प्रदीपको परिवार अदालतको फैसला अनुसार बिनुलाई मासिक ९ हजार रुपियाँ दिन तयार भएको तर बिनुले सो रकम नलिने घरमा नै बस्न पाउनु पर्ने अडान राखेपछि दुई पक्षको विवाद मिल्न सकेको छैन ।

    मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएकोले आफूहरूले बल प्रयोग गरेर बिनुलाई घरमा राखिदिने अवस्था नभएको प्रमुख जिल्ला अधिकारीको भनाई छ । सर्वोच्च अदालतको फैसला नआउँदासम्म आफू प्रदीपकी पत्नी भएकोले पतिको घरमा बस्न पाउनु आफ्नो अधिकार भएकोले घरमा बस्न पाउनु पर्ने बिनुको माग छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.