• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

वालिङ उद्योग वाणिज्य संघ वालिङको अयोजनामा यही माघ १८ देखि २८ सम्म वालिङमा सन्चालन हुने

"वालिङ उद्योग वाणिज्य संघ वालिङको अयोजनामा यही माघ १८ देखि २८ सम्म वालिङमा सन्चालन हुने "

  •    अभियान हाम्रो डट कम / बिहिबार, माघ ११, २०८०  

  • वालिङ,९ माघ-
         हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान भन्ने मुल नारा सहित वालिङ उद्योग वाणिज्य संघ वालिङको अयोजनामा यही माघ १८ देखि २८ सम्म वालिङमा सन्चालन हुने प्रदेश स्तरीय ओैद्योगिक, कृषि, पर्यटन तथा व्यापार मेलाको तयारी तिव्र रूपमा अगाडि वढेको छ ।
            हरेक दुई वर्षमा सन्चालन गरिरहेको महोत्सव सातौं संस्करण सम्म प्रदेशकै दोस्रो उत्कृष्ठ महोत्सवको पहिचान वनाउन सफल भएको थियो । आठौं महोत्सव कोभिड १९ का कारण रोकिएको थियो । अहिले वालिङमा पाँच वर्ष पछि महोत्सव सन्चालनको तयारी हुँदैगर्दा स्याङ्जावासी निकै उत्साहित वनेर महोत्सवको पर्खाईमा छन् ।
    वालिङ महोत्सवको दिन नजिकिदै गर्दा मुल आयोजक समिति र उपसमितिका वैठकहरू सम्पन्न भइसकेका छन् । महोत्सवलाई भव्य र सभ्य वनाउन वालिङका १४ वटै वडाका आमा समूह, जातीय भेषभुषा, झाँकी लगायत वालिङ बजारको सजावटका लागि छुट्टाछुट्टै वैठकहरू मार्फत तयारी भईरहेको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले जानकारी दिए ।
             महोत्सवको स्थलमा घेरावार, स्टल निर्माणको काम सुरू भईसकेको वरिष्ठ उपाध्यक्ष अनुपमा तिवारीले जानकारी दिईन । महोत्सव विगतको भन्दा पृथक वनाउन लागेको उनको भनाई छ । महोत्सवमा स्थानीय उत्पादनको वजारीकरण र प्रवर्द्धन, कृषि उत्पादन, महिला उद्यमीद्वारा तयार गरीएका हस्तकला, आधुनिक कृषि ओैजार लगायतमा वस्तुहरू प्रर्दशनीमा राखिने तिवारीले जानकारी दिईन ।
    शारीरिक रुपमा अशक्त भएका भिन्न क्षमता भएका व्याक्तिहरुलाई मध्यनजर गरेर अपाङ्गता मैत्री स्टेज बनाउने तयारीमा जुटेको वालिङ उद्योग वाणिज्य संघका सचिव एवं महोत्सव प्रचारप्रसार समितिका संयोजक पिताम्बर खनाल(सुसिलले) जानकारी दिए ।
           महोत्सव आवलोकनका लागि आउने दर्शकहरुलाई सहज रुपमा अवलोकन गर्न मिल्लनेगरी छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइने भएको छ । विद्यार्थी र शिक्षकलाई विद्यालयको पालो अनुसार निश्चित स्थानमा बसेर सहजरुपमा महोत्सवको अवलोकन गर्न मिल्लने गरि कार्य अगाडी बढाइएको छ ।
    वालिङ महोत्सवमा प्रदर्शन गरिने स्याङ्जा डान्स आइडल सिजन ३ को पहिलो अडिशनको कार्य सुरू भईसकेको वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र अर्यालले जानकारी दिए । जिल्लाका विभिन्न विद्यालयहरूमा पुगेर डान्स आइडल छनौट गरिएको उनले जानकारी दिए ।
    महोत्सव विगतको भन्दा पृथक र वालिङको व्यापार व्यवसाय र आसपासका पर्यटकीय सम्भावना भएको क्षेत्रको उजागर र विकासमा समेत टेवा पुग्नेगरि सन्चालन गर्ने तयारी गरिरहेको वालिङ उद्योग वाणिज्य संघका महासचिव रमेश अर्यालले वताए
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.