२२ वर्षीया युवतीलाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गरेको आरोपमा गोरखाको भिमसेनथापा गाउँपालिका-२ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका-४ बस्ने २४ वर्षीय भिमसेन भट्टलाई प्रहरीले माघ ७ गते गिरफ्तार गरेको छ ।
आरोपितले फेसवुक तथा ह्याट्सप लगायत सामाजिक सञ्जालबाट पीडितको फोटो दुरुपयोग गरेर चरित्रहत्या गरेको भन्दै पीडित पक्षले प्रहरी प्रधान कार्यालयको साइवर ब्युरो, भोटाहिटीमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई माघ ७ गते काठमाडौँ महानगरपालिका-२७ बाट गिरफ्तार गरेको नेपाल प्रहरीको साइवर ब्युरो, भोटाहिटीका एसपी पशुपति कुमार रायले बताउनु भयो ।
ब्युरोले जिल्ला अदालत, काठमाडौँबाट माघ ७ गते पाँच दिनको म्याद थप गरी आरोपितलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको एसपी रायले इन्सेकलाई जानकारी दिनुभयो ।








