• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन 


  •    अभियान हाम्रो / सोमबार, माघ ०८, २०८०  

  • पोखरा, माघ ।
    निर्मलपोखरी बागमारा पुँडी साना सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले एक समारोहका बिच उद्घाटन गरेपछि आयोजना सञ्चालनमा आएको हो ।
    आयोजना उद्घाटन गर्दै प्रमुख आचार्यले आयोजना सञ्चालनमा आएसँगै उपभोक्ताहरूले खानेपानीको समस्या भोग्न नपर्ने बताउनुभयो । आयोजनाले तत्कालका लागि १९८० घरधुरीलाई पानी उपलब्ध गराएको भए पनि छिट्टै ३२ सय बढी घरमा धारा जोडिने उहाँले बताउनुभयो । “खानेपानीलाई नेपालको संविधानले मौलिक हकका रूपमा उल्लेख गरेको छ, प्रमुख आचार्यले भन्नुभयो, नगरवासीलाई सुद्ध खानेपानी उपलब्ध गराउने कार्यमा पोखरा महानगरपालिका प्रतिबद्ध छ ।” चालु योजनाहरू समयमा नै सम्पन्न गर्ने र आवश्यक परेका स्थानहरूमा थप योजनाहरू सञ्चालनका लागि महानगरले विशेष पहल गरिरहेको उहाँले बताउनुभयो ।
    हाल महानगरको डाटा कलेक्सनको काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै प्रमुख आचार्यले प्राप्त डाटाहरू विश्लेषण पश्चात् गरिबिको रेखामुनि रहेको नागरिकहरूलाई प्रतिपरिवार १० हजार लिटरका दरले निःशुल्क खानेपानी उपलब्ध गराउने प्रतिबद्धता समेत जाहेर गर्नुभयो । उनीहरूलाई खानेपानीसँगै निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिने योजनामा आफूहरू रहेको उहाँले बताउनुभयो । “हामी गरिबिको रेखामुनि रहेको परिवारलाई प्रति परिवार मासिक १० हजार लिटरका दरले खानेपानी र उनीहरूको निःशुल्क स्वास्थ्य बिमा पनि गरिदिन्छौँ ।” प्रमुख आचार्यले भन्नुभयो ।
    आयोजनाको कुल लागत रु.३४ करोड ९१ लाख ७२ हजार २ सय रहेको उपभोक्ता समितिका अध्यक्ष केशर प्रसाद निर्दोषीले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमको ५ प्रतिशत जनसहभागिता, २५ प्रतिशत नगर विकास कोषबाट ऋण सहायता र ८५ प्रतिशत नेपाल सरकारले बेहोरेको छ । आयोजना अन्तरगत ३२ सय धारा मध्ये १९८० धाराहरू जडान गरिएका छन् । कलेक्टर वेल २ वटा, सम्पवेल २ वटा, स्लो सेन्ड फिल्टर ४ वटा, रफिङ फिल्टर ६ वटा, क्लियर वाटर ट्याङ्क १ वटा, आर.भि.टि ४ वटा, सेड हाउस ७ वटा निर्माण गरिएको छ भने, ट्रान्समिसन लाइन १० कि.मि र वितरण लाइन १८ कि.मि विस्तार गरिएको छ ।
    खानेपानी आयोजनालाई प्रविधिमैत्री बनाउनका लागि सक्दा ९क्प्ब्म्ब्० सिस्टम जडान कार्य अन्तिम चरणमा पुगेको र त्यसका माध्यमबाट पानीको भल्व खोल्ने बन्द गर्ने कार्य हुनेछ । सक्दा ९क्प्ब्म्ब्० सिस्टम जडान कार्यका लागि थप रु.१ करोड ५७ लाख ४० हजार थप खर्च हुनेछ । आयोजनाको सरसफाइ तर्फ ७ वटा क्रियापुत्री भवन निर्माण गरिएको छ भने, २ वटा सार्वजनिक शौचालय निर्माण गरिएको आयोजनाका उपाध्यक्ष मुक्तिनाथ पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल बिहान ५ र साँझ ५ गरी दैनिक १० घण्टा पानी उपभोक्ताकामा जाने गरेको छ ।
    समितिको हालै सम्पन्न पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः निर्दोषीको अध्यक्षतामा नयाँ उपभोक्ता समिति गठन गरेको छ । उपभोक्ताहरूलाई निरन्तर स्वच्छ खानेपानी उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको अध्यक्ष निर्दोर्षीले प्रतिबद्धता जाहेर गर्नुभएको छ । हाल प्रति महिना ६ युनिट पानीको महसुल २५० तोकिएकामा आयोजनाको ऋण चुक्ता पश्चात् उपभोक्ताहरूलाई सहुलियत मूल्यमा पानी वितरण गरिने उहाँले बताउनुभयो । आयोजनाले पोखरा महानगरपालिका वडा नं.१७, २१ र ३३ का विभिन्न वस्तिहरूमा पानी वितरण गरेको छ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.