राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान लिएर देश दौडाहामा हिंडेका दुर्गा प्रसाईंलाई प्रशासनले पोखराको पृथ्वीचोकमा कार्यक्रम गर्न रोकेको छ । प्रसाईंले शुक्रबार पृथ्वीचोकमा कार्यक्रम गर्ने तयारी गरेका थिए । तर प्रशासनले सो क्षेत्रमा कार्यक्रम गर्न अनुमति नदिएको प्रसाईंले जानकारी दिए ।
पृथ्वीचोकमा कार्यक्रम गर्न नदिएपछि प्रसाईंले शु क्रबार पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा गर्ने तयारी गरेको छ ।
कार्यक्रमलाई राप्रपाले समर्थन गरेको छ । ‘कार्यक्रममा हामीपनि सहभागि हुन्छौं, किनभने उनले उठाएका एजेण्डामा हाम्रो समर्थन छ’–राप्रपा कास्कीका एक नेताले भने ।








