त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेट भएको वोलेरो जिप नदी भित्र भेटिएको छ । उद्धारटोलीले नदी भित्र पसेर खोजी गर्दा महिन्द्रा कम्पनिको बोलेरो गाडी रहेको र गाडी भित्र कोहि नभेटिएको जानकारी दिएको छ।
आज बिहान पौने पाच बजे तिर इच्छाकामना ५ तीन नम्बर पुल नजिकै बाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी आएपछि तत्काल उद्धारटोली खटिएर खोजी कार्य थालनी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिनु भयो।
दुर्घटना स्थलको नदी किनारमा भारतीय गाडीको बि आर ०९ जिसि १४३० नम्बरको प्लेट र चप्पल भेटिएको थियो । त्यसमा कती जना सवार थिए भन्ने एकिन हुन नसकेको डिएसपि भण्डारीले बताउनु भयो । दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टिम उद्धार तथा खोजीका लागि घटना स्थलमा परिचालन गरिएको थियो ।
डिएसपी भण्डारीका अनुसार चितवन प्रहरीको विपत व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजी कार्यमा खटिएका थिए।
उक्त जीपमा कति यात्रु सवार थिए भन्ने यकिन हुन नसकेको उहाँले बताउनुभयो ।








