• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

गण्डकीका क्रिकेटरद्धय शिला र सुमन अष्ट्रेलिया जादै


  •    अभियान हाम्रो/ शुक्रबार, पुष २७, २०८०  

  • नेपाली महिला क्रिकेटर शिला रेग्मी क्षेत्री र सुमन खतिवडा अष्ट्रेलिया जाने भएका छन् । यहि पुष २८ गते उनिहरु सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको निमन्त्रणामा क्रिकेटका बिभिन्न खेलहरुका लागि अष्ट्रेलिया जाने भएका हुन् । उनिहरु दुबै कास्की जिल्लाबाट छनौट हुदै गण्डकी प्रदेशबाट खेल्ने गर्दछन् । सुमन खतिवडा भर्खरै सम्पन्न प्रधानमन्त्री कप महिला टि २० क्रिकेट प्रतियोगितामा सर्वोत्कृष्ट ब्याटर भएकी थिईन भने शिला रेग्मी क्षेत्री अलराउण्डरको भुमिकामा उत्कृष्ट प्रर्दशन गर्दै आईरहेकी छिन् ।

    सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका हेड कोच अष्ट्रिेलियाका पुर्व कप्तान एलेक्स ब्ल्याकवेल हुन। शिला र सुमन दुबैले एलेक्सबाट बिभिन्न प्रशिक्षणहरु लिनेछन् । शिला क्षेत्रीले न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिताका लागि भोलिन्टीयर कोच रुपमा पनि भुमिका निर्वाह गर्नेछिन । साथै उनले हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले जनाएको छ । सरकारी निकायले अनुमति दिएमा शिलाको लागि न्यू साउथ वेल्सको प्रतियोगिता खेल्ने ढोका समेत खुल्नेछ । उनले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबको युथ टिमको एसिस्टेन्ट कोचको रुपमा समेत कार्य गर्ने जनाईएको छ ।

    सुमन खतिवडाले सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने क्लबले जनाएको छ । सुमनले क्लबको आबश्यकतामा भुमिका अनुसार ख्रेल्ने छिन्। साथै उनले अष्ट्रिेलियाको बसाईको क्रममा पहिलो तथा दोस्रो श्रेणीका खेलहरु पनि खेल्ने छिन्। उनले शिलासँगै हाई लेभलको प्रशिक्षण पनि प्राप्त गर्ने सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले जनाएको छ।

    सिड्नी युनिर्भसिटी क्रिकेट क्लबले बिश्वका धेरै देशहरुका उच्च सम्भावना बोकेका महिला क्रिकेटरहरुलाई बिभिन्न हाई लेभलका क्रिकेट प्रशिक्षणमा बोलाउने गरेको छ । शिला र सुमन दुबै ३ बर्षका लागि सिड्नी युनिर्भसिटी क्रिकेट क्लब जान लागेका हुन् । यद्यपि देशका लागि आबश्यक पर्दा उनिहरु दुबै उपलब्ध हुनेछन्।
    उनिहरुलाई गण्डकी प्रदेश महिला क्रिकेट टिमका प्रशिक्षक गोबिन्द प्रधान, कास्की जिल्ला महिला क्रिकेट टिमका प्रशिक्षक ऋषि शर्मा, पोखरा महानगरपालिका क्रिकेट संघका अध्यक्ष तथा कास्की जिल्ला क्रिकेट संघका कोषध्यक्ष बिरेन्द्र पुन, गिगा दाख हाउसका प्रबन्ध निर्देशक बिशाल सुबेदि र पब्लिक टेलिभिजनका निर्देशक उदिपराज ढुंगानाले एक समारोह बिच बिदाई गरेका हुन् ।

    अष्ट्रेलियन महिला ब्याटिङ स्टार फोब लिचफिल्ड लगायत अष्ट्रेलियाका सिनियर टिमका सदस्यहरुले पनि सिड्नी युनिर्भसिटी क्रिकेट क्लबका तर्फबाट न्यू साउथ वेल्स क्रिकेट प्रतियोगिता खेल्ने छन् ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    ताजा अपडेट
    • आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.