पोखरा
नेपाल पत्रकार महासंघ कास्कीको विषयवस्तु लेखन तालिम सम्पन्न भएको छ । आइतबार देखि सोमबारसम्म महासंघको सभाहलमा चलेको तालिममा प्रशिक्षकका रुपमा राष्ट्रिय समाचार समिति (रासस) का प्रधान सम्पादक एकराज पाठक, दि राइजिब नेपालका पत्रकार मोदनाथ ढकाल थिए ।
तालिमकै समय पोखराबाट पत्रकारिता गरिरहेका क्रियाशिल पत्रकारहरुले आफ्नो अनुभव सुनाए । सोमबार तालिमको समापन गर्दै गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले सिक्ने र सिकाउने प्रक्रिया कहिल्यै अन्त्य नहुने उल्लेख गरे ।
सिक्ने र सिकाउने प्रक्रिया निरन्तर चलिरहन्छ’, उनले भने, ।।।फेरि विषयवस्तु लेखनका विषयमा तालिम हुनु सह्रानिय पक्ष हो ।’ पौडेलले पत्रकारिता क्षेत्र मर्यादित हुनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । पत्रकारिता क्षेत्रबाट समाजको अपेक्षा
राम्रो भएको बताउँदै सत्यतथ्य समाचार सम्प्रेषणमा जोड गर्न उनको अनुरोध छ । हतारको पत्रकारिताले समाज भड्किएको गुनासो उनले गरेका छन् ।
सोमबारको सेसनमा एकराज पाठकले पत्रकारले विषयवस्तुको छनोट गर्नु पनि एक प्रकारको कला भएको उल्लेख गरे । सिनेमामा जस्तो पत्रकारितामा पनि विषयवस्तु नै हिरो हुनुपर्ने भनाई उनको छ । विषयवस्तुले पत्रकारितालाई दरिलो बनाउने उनले बताए । विषयवस्तु पहिचानका लागि सुचनाको स्रोत संरक्षणमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । पाठकमाझ पुर्याउन पत्रकारमा लेखन कला अति आवश्यक रहेको तर्क उनको छ ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले कास्कीले विषयवस्तु लेखन सम्बन्धि तालिम राखेर राम्रो काम गरेको बताए । पत्रकारिता क्षेत्रमा शुद्धिकरणको आवश्यकता देखेर नै महासंघको शुद्धिकरण अभियान अनुसार गण्डकी अगाडि बढेको भनाई उनको छ । मर्यादित पत्रकारिता आजको आवश्यकता रहेको उनले बताए ।
पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले कास्कीका पत्रकारबाट आएको विषयवस्तु लेखन सम्बन्धि तालिमको मागअनुसार कार्यक्रम तय भएको बताइन् । उनले भनिन्,।।।कास्कीको पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउन महासंघ
क्रियाशिल छ । विषयवस्तु छनोट पत्रकारितामा आजको आवश्यकता हो । सोहि अनुरुप नै तालिमको आयोजना गरिएको हो ।’ तालिमले पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुगेको विश्वास उनले लिएकी छिन् ।
नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपसभापति गंगाधर पराजुलीले पत्रकारिता क्षेत्रमा मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । पछिल्लो समय पत्रकारिता क्षेत्र धरासायी भएको उल्लेख गर्दै पत्रकार आर्थिक उपार्जनका लागि परदेशिन बाध्य भएको तर्क उनको छ । यसमा महासंघ गम्भिर भएर लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाको संयोजनमा सम्पन्न कार्यक्रममा प्रशिक्षार्थी पत्रकारद्वय तिलक पुन पुर्जा र ज्योती हमालले अनुभव सोटेका थिए । यसका अलवा तालिम अवधिभर पोखराका क्रियाशिल पत्रकार भरत कोइराला ( आदर्श समाज), केशव शरण लामिछाने (अन्नपूर्ण पोष्ट), बासुदेव मिश्र (नेपाल), दिपक परियार (कान्तिपूर), पुण्य पौडेल (पोखरा पत्र) लगायतले पोखरामा 3पत्रकारिता गरिरहँदाको अनुभव प्रस्तुत गरेका थिए । तालिममा पोखरामा पत्रकारिता क्षेत्रमा लागिरहेका प्रशिक्षार्थीहरुको सहभागिता थियो ।








