• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, फागुन २८, २०८२  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

नेपालको पहिलो महिला प्रहरी :चैतमाया डंगोल

"नेपालको पहिलो महिला प्रहरी :चैतमाया डंगोल "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, पुष २४, २०८०  

  • काठमाडौं-

             १९९० साल जेठमा चावहिलमा जन्मिएकी चैतमाया डंगोलको अहिले दैनिक दिनचर्या विहानको भजनमण्डलीमा वित्छ। ८९ वर्षीया चैतमाया सकुन्जेल आफ्नो काम आफैं गर्नुपर्छ भन्ने मान्यता राख्छिन्।

    चैतमायाको परिचय यतिले पुग्दैन। उनी नेपालको पहिलो महिला प्रहरी हुन्। सिंहदरबार गएर खेल्न र रमाइलो गर्न पाइन्छ भन्दाभन्दै उनलाई बाध्यताले प्रहरी भर्ना हुनुपर्‍यो ।

    २००८ साल असार ११ मा प्रहरी सेवामा प्रवेश गरेकी चैतमाया पारिवारिक असहमतिका बावजुत पनि झन्डै ३२ वर्ष प्रहरीमा जागिर खाइन्। २०३९ मा प्रहरी सहायक निरिक्षक (असई) बाट उनले अवकाश लिइन्।

    किसान परिवारमा जन्मेकी चैतमाया पाँच दिदीबहिनी र दुई भाइमा जेठी सन्तान हुन्। उनले प्रहरीमा जागिर खान्छु भनेर कहिल्यै सोचेकी थिइनन्। २००८ मा प्रहरी महानिरीक्षक नर शम्शेर जबराले केही महिलालाई पढाइदिने र पैसा समेत दिने भन्दै हिँडेको उनले थाहा पाइन्। तर, सिंहदरबारमा लैजाने थाहा पाएपछि चैतमाया जान राजी भइन्।

    चार महिना तालिम दिएपछि ‘अब तिमीहरु प्रहरी भयौ’ भनेर भनेपछि चैतमाया छक्क परिन्। सुरुमा उनी रोइन् पनि। अब जागिर छाड्छु भनेपछि उनलाई केही तर्साए। चार महिनासम्म खान दिएको पैसा फिर्ता गर भनेपछि चैतमाया अक्क न बक्क हुनुपर्‍यो। ‘कि जेल जान ठिक पर, कि प्रहरीमा जागिर खाउ’ भनेपछि उनले प्रहरीमै जागिर खाने निधो गरेकी थिइन्।

    चैतमायाको स्थानीय केदार श्रेष्ठसँग विवाह भयो। केदारले आफूलाई प्रहरीमा जागिर खान गएको पटक्कै मन नपराउने गरेको सम्झिन्छिन् उनी। सानै देखि हक्कि स्वभाविकी उनी कहिल्यै झुठो नबोल्ने, कसैसँग नडाउने भएकाले पनि कहिलेकाहीँ उच्च तहका प्रहरी अधिकृतसँग बाझाबाझ हुन्थ्यो। उनले जागिरे जीवन सम्झँदै भनिन्।

    नाम नलिइकन एक एसपीको जागिर आफ्नै कारणले गएको उनी बताउँछिन्। खासमा मदिराले मातिएका ती एसपीले चैतमायाको हात समाउँदा त्यो घटना उच्च तहमा रिपोर्टिङ भएपछि ति एसपीको जागिर गएको रहेछ।

    ३० रुपैयाँ मासिक तलबमा प्रहरीमा प्रवेश गरेकी चैतमाया ८२ रुपैयाँ तलब पुगेपछि अवकाश लिएकी थिइन्। त्यतिबेला खाएको जागिरले अहिले आउने पेन्सले उनको जीवन गुजारा सजिलै चलेको छ। उनी अहिले मासिक १८ हजार पेन्सन पाउँछिन्।

    चैतमायाको साहार केदारले प्राण त्यागिसके। उनी अहिले आफु एक्लो हुँदा साहै्र नरमाईलो लाग्ने बताउँछिन्। उनी भन्छिन्,‘ अब धेरै बुढ्यौली लागिसक्यो, मलाई भान्जाभान्जीले हेरेका छन्। मेरो सेखापछि यिनै भान्जाभान्जीलाई सबै सम्पत्ति सुम्पिन्छु।’

    अहिले पनि नेपाल प्रहरीका हाकिमले चैतमायालाई बेलाबेला सम्झने गर्छन्। नेपालको पहिलो महिला प्रहरी भनेर बेलाबखत सम्मान गर्ने गरेको उनी सम्झन्छिन्। उनी भन्छिन्, ‘ पहिला मलाई प्रहरीमा किन जागिर खाएँ होला जस्तो लाग्थ्यो। तर अहिले धेरैले सम्झिन्छन्। सम्मान पाउँदा खुशी लाग्छ।’

    नेपाल प्रहरीले आफ्नो ६६ औं दिवसमा चैतमायालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ बाट सम्मान गरेको थियो। उनी यो सम्मान थाप्दा भावविह्वल भएकी थिइन्।

          साभार ; समाचार सन्देश मिडिया प्रालि

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    ताजा अपडेट
    • नवनिर्वाचित सांसदको तलब कति, सुविधा कस्तो?
    • दिल निशानी मगर लेख्नु हुन्छ । पूर्व माओवादीको नाममा
    • समानुपातिक प्रतिनिधित्व निर्वाचन प्रणाली र नेपालको निर्वाचन प्रणाली
    • आज २०८२ फागुन २८ गते बिहीवारको ‘दैनिक राशिफल’ हेर्नुहोस्
    • ​विचारको सारथी: नेपाली राजनीतिमा प्रचण्ड र कम्युनिस्ट आन्दोलनको प्रभाव

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.