• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख १८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने

" उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने  "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, पुष २४, २०८०  

  • त्रिविको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि २०८० अनुसार उपकुलपतिको आवेदन दिन कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने व्यवस्था रहेको छ ।

    उपकुलपति सिफारिस समितिले आजदेखि १५ दिनको म्याद दिँदै उपकुलपतिका लागि दरखास्त आह्वान गरेको छ । जसमा आवश्यक न्यूनतम योग्यतामा दरखास्त दिनु तत्काल अघि कुनै राजनीतिक दलको सदस्य नरहेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।

     

    उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिविको चार वर्षे व्यावसायिक कार्ययोजना (प्रोफेसन वर्क प्लान) सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता वापतको मूल्यांकन र अंकभार १०० पूर्णाकलाई आधार मानेर छनोट गरिनेछ ।

    त्रिविमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति प्रकृया अगाडि बढेको छ । त्रिविमा राजनीतिक भागबण्डाको आधारमा उपकुलपति लगायत पदाधिकारी नियुक्ति हुने गरेको भन्दै चर्को आलोचना हुदै आएको छ ।

    प्रधानमन्त्री तथा त्रिविका कुलपति पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाबाट विश्वविद्यालयका पदाधिकारी नियुक्त गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । सोही आधारमा सरकारले शिक्षामन्त्रीको संयोजत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ ।

    समितिले यसअघि पहिलोपटक दरखास्त आह्वान गर्दा चर्को विवाद उत्पन्न भएको थियो । त्यो समयमा उपकुलपति हुन विश्वविद्यालयको पदाधिकारीमा तीन वर्ष कार्य अनुभव भएको हुनुपर्ने उल्लेख थियो ।

    त्यसको चर्को विरोध भएपछि कुलपति समेत रहेका प्रधानमन्त्री तत्काल दरखास्त आह्वान फिर्ता लिएर मापदण्ड सच्याएर पुनः विज्ञापन आह्वान गरेको निर्देशन दिएका थिए । सोही आधारमा समितिले आज दोस्रो पटक दरखास्त आह्वान गरेको हो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    ताजा अपडेट
    • नेपालगन्ज भेरी अस्पतालमा ‘मृ’त्यु’को व्यापार: २५ लाखको ‘डिल’ सांसद खगेन्द्र सुनारका कारण
    • आफूसित शारीरिक सम्बन्ध नराखे परीक्षामा फेल गराइदिने धम्की दिँदै पटकपटक जबरजस्ती करणी
    • युवती बलात्कारपछि जन्मकैद सजाय भोगिरहेका सञ्जय विकले कास्की कारागारबाट भागेर अर्को हत्या
    • ज्यानै जो’खिममा राखेर बिच सडकमै टिकटक बनाउने युवती अन्ततः प्रहरीको फेला परिन्
    • सुर्खेत जिल्ला अदालतले जङ्गलमा लगेर श्रीमतीको बिभत्स ह’त्या गर्ने खत्रीलाई जन्मकै’दको सजाय,

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.