• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

युएईमा तमु ल्होसार तमु समाज युएई र तमु प्ये ल्हु संघ युएईले भव्यता साथ मनायो ।


  •    संवाददाता/ सोमबार, पुष २३, २०८०  

  • तमुहरु (गुरुङ) को मौलिक पर्व तथा राष्ट्रिय पर्व तमु ल्होसार तमु समाज युएई  र तमु प्ये ल्हु संघ युएईले जनवरी ०७ तारिख संयुक्तरूपमा  “मुप्री ल्हो तमु ल्होसार कार्यक्रम २०८०” मुप्री ल्होसारका  प्रमुख संयोजक  मुक्ति टु क्लेप्री तमुको सभापतित्व र नेपाल राजदुतावास युएईका  महामहिम राजदुत  तेज बहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा भव्यता साथ मनाएको छ।

    कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष  बिक्रम पन्दाक लिन्बु,ग्लोबल एनआरएनए एनसिसि का अध्यक्ष एवम्  नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका प्रमुख संरक्षक पासाङ शेर्पाको बिशेष आतिथ्यतामा र नेपाल आदिवासी जनजाति महासंघ  (नेफिन) युएईमा आबद्ध जातिय संस्था, जिल्लागत संघ सस्थाका अध्यक्ष ,प्रतिनिधि, बुद्धिजीवी तथा समाजसेवीहरुको आतिथ्यता रहेको थियो ।

    औपचारिक कार्यक्रम तमु समाज युएईका महासचिव एवम्  नेपाल आदिवासी जनजाति महासंघ युएईका उपाध्यक्ष राजु मिलु तमु ज्यु र तमु प्ये ल्हु संघ युएईका बिष्णु तमुस्योले संचालन गर्नुभएको थियो भने अनौपचारिक तथा सांस्कृतिक  कार्यक्रम तमु समाज युएईका सल्लाहकार शिव जङ्ग तमु र सल्लाहकार  ईन्द्र तमुले संचालन  गर्नु भएको थियो ।

    कार्यक्रम उद्घाटन कार्यक्रमका सभापति मुक्ति टु क्लेप्री तमु  , प्रमुख अतिथि महामहिम राजदुत तेज बहादुर क्षेत्री, बिशेष अतिथि तथा अतिथिहरु द्वारा पानसमा दीप  प्रज्वलन गरि कार्यक्रम समुद्घान गर्नु भएको  थियो । कार्यक्रममा स्वागत मन्तव्य तमु समाज युएईका अध्यक्ष नन्दजङ्ग तमुले राख्नु भएको थियो भने शुभकामना मन्तव्य ग्लोबल एन आरएनएका अध्यक्ष  पासाङ शेर्पा र प्रमुख अतिथि महामहिम राजदुत तेज बहादुर क्षेत्रीले राख्नु भएको थियो ।

    हि-ल्हो (बिरालो वर्ग) लाई बिदाइ मुप्री ल्हो (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु जातिको मौलिक पहिचान दिने गरि बिशेष सांस्कृतिक झांकी कार्यक्रम प्रस्तुत गरिएको थियो भने कार्यक्रममा अतिथि कलाकार गायक चिज गुरुङ र गायिका जालुमाया गुरुङको प्रस्तुतिको  साथमा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो ।

    कार्यक्रमको अन्त्यमा कार्यक्रम लाई भव्य र सभ्य रुपमा सम्पन्न गराउन  प्रायोजन गर्नु हुने प्रायोजकहरु लाई मायाको चिनो प्रदान गरिएको थियो भने  कार्यक्रमका सभापति मुक्ति टु क्लेप्री तमुले  कार्यक्रममा उपस्थित आमन्त्रित प्रमुख अतिथि ,बिशेष अतिथि,अतिथि,उपस्थित संघ संस्थाका प्रमुख ,प्रतिनिधि,युएईबासी तमु तथा गैर तमु महानुभाव , बुद्धिजीवी,समाजसेवी शुभचिन्तकहरु सम्पुर्ण लाई गरिमामय उपस्थितको निम्ति साथ र सहयोग गरि तमु ल्होसार (मुप्री ल्हो) कार्यक्रम लाई भब्य र सभ्य रुपमा सफल पारी दिनु भएकोमा हार्दिक धन्यवाद तथा हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नु हुँदै कार्यक्रम समापन गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.