• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य


  •    अभियान हाम्रो / सोमबार, पुष २३, २०८०  

  • सर्केगाड गाउँपालिका–६ गिउँसी स्थित जनजागरण आधारभूत विद्यालयका विद्यार्थी भूइँमा बसेर पठनपाठन गर्न बाध्य भएका छन् । गत असोजमा गएको अविरल वर्षाले विद्यालय भवन निकै जीर्ण अवस्थामा भएपछि सो विद्यालयका विद्यार्थी चिसो भुइँमा बसेर पठनपाठन गर्न बाध्य भएका हुन् ।

    लामो समयदेखि विद्यार्थीहरू चिसो फोहोर भुइँमा ढुँगा बिछ्याएर पठनपाठन गर्दै आएका छन् । ‘चिसो भुइँमा बसेर पढ्नु परेको कक्षा पाँचमा अध्ययनरत दिनेश लाबडले गुनासो गर्नुभयो ।  पानी परेको दिन त भित्ताबाट पानी पसेर कक्षाकोठामा ताल हुँदा पठनपाठनलाई समस्या हुने गरेको गुनासो गर्नुभयो

    त्यस्तै कक्षा पाँच कक्षामा अध्ययनरत सुरेश शाहीको अनुसार कक्षाकोठामा ढुङ्गा, काठको फल्याक बिच्छ्याएर पढ्नु पर्ने बाध्यता छ । लामो समयदेखि जीर्ण अवस्थामा रहको विद्यालयलाई अवलोकन गर्नका लागि स्थानीय सरकारसँग पटकपटक माग राख्दा पनि स्थानीय तहले नै बेवास्ता गर्ने गरेको शिक्षक नन्दलाल लवाडले बताउनुभयो ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मेगमल लाबडका अनुसार विद्यालय नै जोखिम अवस्थामा छ, समयमै पाठ्यपुस्तक पनि आइपुग्दैनन्, पढाइमा झन बाधा आउँछ करिब दुई सय जना भन्दा बढि विद्यार्थीको भविश्यमाथि खेलबाड गरेजस्तो महसुस गराएको छ । स्थानीय तहले पनि जोखिम अवस्थामा रहेको विद्यालयलाई त्यति ध्यान नदिएको उहाँले बताउनु भयो । कक्षाकोठाका भित्ता पनि चर्किएका छन् । पानी परेको दिन जस्ता पाताबाट पानी चुहिने भएकाले कक्षाकोठामा ताल बन्ने गरेको स्थानीय अभिभावक रुपधन लाबडले जानकारी गराउनुभयो ।

    सर्केगाड गाउँपालिका शिक्षा शाखा प्रमुख बिरजन शाहीले विद्यालय भवन मर्मत र डेक्सबेन्चका लागि गाउँपालिकाले पहल गर्ने मात्रै प्रतिक्रिया दिनु भएको छ । स्थानीय तहले भवन निर्माण गर्न सक्ने अवस्था छैन । सङ्घ वा प्रदेश सरकारले अनुदान दिएपछि मात्र सम्भव हुने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.