• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न

"प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठी सम्पन्न "

  •    अभियान हाम्रो/ सोमबार, पुष २३, २०८०  

  • पौष २२ , पोखरा ।
    जिल्ला कास्की पोखरा -१७ ड्यामसाईड स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको संयुक्त आयोजनामा उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस माधव प्रसाद पोख्रेलको अध्यक्षतामा एक दिवसीय “प्रदेश स्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठी” सम्पन्न भएको छ ।
    सम्मानित उच्च अदालत कास्कीका माननिय मुख्य न्यायधिस माधव प्रसाद पोख्रेलले समाजमा शान्ति सुरक्षा लगायत अपराध अनुसन्धान तथा नियन्त्रण गर्न प्रहरी र नागरिक बिचको सम्बन्ध सुमधुर हुनुपर्ने बताउंदै प्रहरीले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनका लागि समयसापेक्ष नयाँ प्रविधिहरूको प्रयोगमा जोड दिँदै जानुपर्ने बताउनु भएको थियो ।
    गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले साधन स्रोतको सीमितता, भूगोलको जटिलता र विविध चुनौतीहरूका बाबजुद यस प्रदेशमा घटित विविध घटनाहरूको सफल अनुसन्धान गरी कानूनी राज्यको प्रत्याभूति दिलाउनमा यस प्रदेश अन्तर्गतका प्रहरी कर्मचारीहरूले निभाएको भूमिकाको प्रशंसा गर्नु भएको थियो । अपराध अनुसन्धानलाई वैज्ञानिक, व्यवस्थित एवम् प्रमाणमुखी बनाई न्यायिक प्रकृयामा सही, निष्पक्ष र पूर्ण व्यावसायिक भई कार्य सम्पादन गर्न अपराध प्रवृत्ति एवम् तथ्याङकहरूलाई समेत केन्द्रबिन्दुमा राखी योजनाबद्ध ढंगले अघि बढ्न जरूरी रहेको बताउनुभयो ।
    प्रहरी महानिरीक्षक कुँवरले प्रभावकारी र वस्तुनिष्ठ अनुसन्धान फौजदारी मुद्दा सफलताको कडी भएको र यसको लागि अपराध अनुसन्धानको क्षेत्रमा आवश्यक पर्ने घटनास्थल सुरक्षा, प्रमाण संकलन, संरक्षण र परीक्षणदेखि मिसिल तयार गर्ने जिम्मेवारीका लागि अनुसन्धान कार्यमा संलग्न प्रहरी कर्मचारीहरूमा कानूनी ज्ञान, विशेष सीप, दक्षता र लगनशीलता आवश्यक रहने बताउनुभयो । साथै अपराध अनुसन्धानको लागि ज्ञान, सीप, दक्षता, अनुभव, अथक लगाव र दृढ संकल्पका अतिरिक्त सरोकारवाला निकाय र समाजसँगको सहकार्य र समन्वय समेत महत्वपूर्ण रहेको बताउनुभयो । पीडित तथा साक्षी संरक्षणको सुनिश्चितता, मानव अधिकारको संरक्षण, महिला तथा बालबालिका विरुद्धको हिंसाजन्य घटनाको अनुसन्धानमा थप संवेदनशिल भई शून्य सहनशीलतालाई गम्भीरताका साथ मनन गर्नुहुन उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभएको थियो ।
    गोष्ठीमा स्थानीय न्यायिक समितिका संयोजक पोखरा महानगरपालिकाका उपमेयर मञ्जु गुरुङले गोष्ठीको महत्व बारे चर्चा गर्दै आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले स्वागत मन्तव्य एवं गोष्ठीबारे जानकारी दिनुभएको थियो ।
    गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिपक रेग्मी, गण्डकी प्रदेश मातहत ११ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रधान कार्यालयका प्रतिनिधिले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त गोष्ठीमा अपराध अनुसन्धानमा देखिएका समस्या र त्यसका समाधान लगायतका विषयवस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।
    उक्त गोष्ठीमा विशेष अतिथी संगठन प्रमुख श्रीमान् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका विभागीय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, गण्डकी प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङ सहित गण्डकी प्रदेश प्रहरी कार्यालय मातहत ११ जिल्ला तथा ईलाका प्रहरी कार्यालयका प्रमुख साथै मुद्धा चल्ने ईकाईका ईकाई प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.