• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, बैशाख ११, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोषण सचेतना अभियान संचालन गरौं – जि . स .स. कास्की प्रमुख पौडेल


  •    संवाददाता/ आइतबार, पुष २२, २०८०  

  • पोखरा , पुस २२

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   जिल्लाका बस्ती बस्तिमा पोषण चेतना अभियान संचालन गर्नु पर्ने बताउनु भएको छ । ब्यक्तिको सर्बाण्गिण बिकास र स्वस्थ नागरिकका  पोषणको महत्त्वपूर्ण भुमिका रहने हुँदा सबै स्थानिय तहहरूले पोषण सचेतता अभियान संचालन गर्न आग्रह गर्नु भयो ।पौडेलले सो कुरा  आइतबार  कास्कीका स्थानीय तहका  जनप्रतिनिधिहरू र पोषण सम्बद्ध सरोकारवालाहरू बीच पोषण सम्बन्धि बैठक तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बताउनु भएको हो

    उहाँले हाल भैरहेको उत्पादन प्रक्रिया र पद्धतिले मानव स्वास्थ

    र समग्र इकोसिस्टममा नै खराब असर देखिएको विभिन्न अध्ययनबाट प्रमाणित भैसकेको अबस्थामा सो कुरा बाट शिक्षा लिदै आफ्ना नीति कार्यक्रम कृषि लगायतका क्षेत्रमा तर्जुमा गर्न आग्रह गर्नु भयो।

    सुचनाको प्रभाबकारी ब्यबस्थापन र प्रशारण सहितको  जनचेतनामुलक कार्यक्रम आजको  टड्कारो आबश्यकता देखिएको  प्रमुख पौडेलले  पर्ने उल्लेख गर्नुभयो।

    पौडेलले  जैबिक मलको  प्रयोग घट्नु र रासायनिक मल तथा किट्नाशक औषधिको बढ्दो प्रयोगले देखिएको प्रतिकुल परिस्थितिले मानव जिबन नै खतरा उन्मुख रहेकी तर्फ इङ्गित गर्दै साबधानी नअपनाउने हो भने भयावह संक्रामक रोगको प्रकोप बढ्न जाने उल्लेख गर्नुभयो ।

    कास्कीका जिल्ला समन्वय अधिकारी नबराज बरालले उत्पादन बढाउन प्रयोग हुने बिषादीको प्रयोग क्रमश कम गर्दै जैबिक खेती प्रणाली पूर्ण रूपले अबलम्बन गर्नु पर्ने बिचार राख्नु भयो।

    कार्यक्रममा स्वास्थ कार्यालय कास्कीका प्रमुख बद्री आचार्यले बिभिन्न्न उमेर समुहमा आबश्यक पर्ने पोषण र त्यसको अभावमा हुन सक्ने सम्भाबित जोखिमको चर्चा गर्दै कास्कीमा पोषणको अबस्थाको बारेमा चर्चा गर्नुभएको थियो।

    त्यसै गरि कृषि ज्ञान केन्द्र कास्कीका कार्यालय प्रमुख किरण सिग्देलले माटोमा बिषादीको प्रयोग , उत्पादन र पोषणको सम्बन्धका बारेमा चर्चा गर्नुभएको थियो।

    माटो तथा मल परिक्षण प्रयोगशाला पोखराका वरिष्ठ माटो बिज्ञ सुनिल पाण्डेले बिषादिको प्रयोगले माटोको प्राकृतिक उर्बरा शक्ति कम हुँदै गएको तथ्यांक प्रस्तुत गर्दै माटोको उर्बाराशक्ति जोगाउन सरोकारवालाहरूले खेल्नुपर्ने भूमिकाको बारेमा चर्चा गर्नुभएको थियो।

    पाण्डेले अहिले माटोको अवस्था , माटोमा अम्लीयपन  हराउनुको कारण ,माटोको विभिन्न जैबिक तत्वहरुको ह्रासका कारण  ,माटोको जैविक पन जोगाउदै उत्पादनशील माटो बनाउने उपायहरूको बारेमा चर्चा गर्नुभएको थियो।

    ज्ञान भएका ब्यक्तिहरू पनि ब्यहारिक  कार्यान्वयनमा नजादा  समस्या देखिनु चिन्ताजनक भएको पाण्डेले उल्लेख्य गर्नुभयो ।

    कार्यक्रममा  पोषण सरोकारवाला रेस्टुरेन्ट तथा होटल सम्बद्ध  उद्ध्योगी ,ब्यबसायी , कृषी उधमी , तथा स्थानिय तहका जन   प्रतिनिधिहरू,  सहितका बिभागिय प्रमुखहरूको  उपस्थिति रहेको थियो।

    जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको

    अध्यक्षतामा  सम्पन्न कार्यक्रममा  संचालन स्वास्थ्य कार्यालय कास्कीका अधिकृत याम बरालले  गर्नुभएको थियो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    ताजा अपडेट
    • आज २०८३ साल वैशाख ११ गते शुक्रबारको राशिफल
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.