• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लेखनाथ साहित्य पुरस्कार किञ्जललाई पत्रकारिता पुरस्कार दीपकलाई


  •    संवाददाता/ सोमबार, पुष १६, २०८०  

  • लेखनाथ

    साहित्यकार गोपाल बैद्य किञ्जललाई वि सं २०८०यस वर्षको लेखनाथ साहित्य पुरस्कार प्रदान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कार यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई प्रदान गरिएको छ ।

    कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा त्रिदिवसीय जन्म जयन्ती मूल समारोह कार्यक्रम अन्तर्गत आइतवार विभिन्न संघ सस्थाको सहभागीतामा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा राखिएको मूल समारोहमा साहित्यकार गोपाल बैद्य किञ्जललाई बृद्धाबस्थाका कारण घरमै पुरस्कार अर्पण गरिएको जानकारी गराइएको थियो ।

    कविशिरोमणि लेखनाथ पौड्यालको कान्छी छोरी कुन्तिदेवी भट्टराईका परिवाजनद्वारा स्थापित तथा लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ साहित्य पुरस्कार पुरस्कारको राशी नगद ५० हजार रुपैयाँ रहेको छ ।

    यसै गरी लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित ११ हजार १११ रुपैयाँ नगद र सम्मानपत्र रहेको लेखनाथ पत्रकारिता पुरस्कार समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान गरेकामा कान्तिपूर राष्ट्रिय दैनिकका उपसम्पादक दीपक परियारलालाई पुरस्कार अर्पण गरिएको थियो । २०६४देखि पत्रकारितामा निरन्तर सक्रिय उनले लेखनाथका विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै तालैतालको सहरका रुपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ सम्प्रेषण गर्दै आएका छन् ।

    लेखनाथ पत्रकारिता पुरस्कारबाट मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना , बशन्त अधिकारी, वासुदेव पौडेल र परशुराम शर्मा , भीमपाणि बराल र सरिता तिमिल्सेना सम्मानित भईसकेका छन् । ।

    कार्यक्रमका अवसरमा कविशिरोमणिकी कान्छी छोरीका नाममा स्थापित कुन्तिदेवी पुरस्कार भागीरथी श्रेष्ठलाई प्रदान गरिएको छ थियो ।

    लेखनाथ प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालद्वारा आफ्ना बाबाका नाममा स्थापित पुरस्कार ,मधुमाया ढकाल शिक्षा पुरस्कार ,ढकालकी बहिनी अम्विका ढकालद्वारा आमाका नाममा स्थापित परस्कार फणिन्द्र कुमारी ढकाल शिक्षा पुरस्कार, कविशिरोमणिको १४० औं जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रमका अवसरमापोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कविशिरोमणि लेखनाथ पौड्यालको साहित्यिक योगदानको चर्चा गरेका थिए । पुरस्कृत सबैलाई बधाई ज्ञापन गर्दै साहित्यमा लाग्न थप पे्ररणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

    कार्यक्रममा पश्चिम पृतनाका पृतनापति सन्तोषबल्लभ पौडेल, लेखनाथ पत्रकार मञ्चका अध्यक्ष कविराज खनाल,लेखनाथ उद्योग वाण्ज्यि संघका अध्यक्ष विनोद श्रेष्ठ,लेखनाथ पत्रकार मञ्चका सचिव विष्णुहरि पौडेल , लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्ण तिमिल्सेना, सचिव तुलसी सापकोटालगायतले सम्बोधन गरेका थिए ।

    लेखनाथ जन्मस्थल विकास समितिका कार्यबाहक अध्यक्ष गोपीराज पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा २७ का वडाध्यक्ष पुर्ण कुमार गुरुङले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन लेखनाथ साहित्य प्रतिष्ठानका सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.