• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

व्यवसायीहरूको इगो (टकराब) ले प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन पाइदैन् : प्रमुख आचार्य


  •    संवाददाता/ शुक्रबार, पुष १३, २०८०  

  • पोखरा, पौष
    पोखराको लेकसाइड क्षेत्रमा २५ औँ संस्करणको सडक महोत्सव सुरु भएको छ । रेस्टुरेन्ट तथा बार एसोसिएसन (रेबान) पोखराद्वारा आयोजित महोत्सवको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

    महोत्सव उद्धघाटन गर्दै प्रमुख आचार्यले सडक महोत्सव पोखराको पहिचान बनेको बताउनुभयो । “लेकसाइडको तीन किलोमिटर क्षेत्रमा हुने महोत्सव पोखराको पहिचान बनेको छ, सबै सिजनका लागि पोखरा उपयुक्त छ भन्ने सन्देश दिन यो महोत्सव सफल भएको छ, प्रमुख आचार्यले भन्नुभयो, अन्तर्राष्ट्रिय सहरको रूपमा स्थापित पोखराको प्रवद्र्धनका खातिर सडक महोत्सव एक महत्वपूर्ण अवसर बन्ने गरेको छ ।” पछिल्लो समय पोखरामा पर्यटन गतिविधिहरूमा वृद्धि भएको उल्लेख गर्दै प्रमुख आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल वरदान साबित भएको बताउनुभयो । विगतका वर्षहरूको तुलनामा हवाई सेवा मार्फत पोखरा र यस आसपासको क्षेत्रमा आउने पर्यटकहरूको संख्या उल्लेखनीय रूपमा वृद्धि भएको उहाँले बताउनुभयो । विमानस्थलले क्षमताभन्दा धेरै यात्रुहरूलाई सेवा दिइरहेको उहाँले बताउनुभयो । अब छिट्टै पोखराबाट उपयुक्त गन्तव्यहरूमा सिधा उडान हुने विश्वास समेत व्यक्त गर्नुभयो ।

    पोखरेली पर्यटनको प्रमुख आधारका रूपमा रहेको प्याराग्लाइडिङको नियमित उडानमा देखिएको समस्या प्रति महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको उहाँले उल्लेख गर्नुभयो । “जहाँसम्म प्याराग्लाइडिङको जुन समस्या छ, यसमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, प्रमुख आचार्यले भन्नुभयो, पछिल्लो समय स्थानीय सरकार, नागरिक उड्यन प्राधिकरण वा प्रशासनको कारणले प्याराग्लाइडिङ सञ्चालनमा बाधा पुगेको होइन, यसमा व्यवसायीहरू बिचको टकराबले विभिन्न अड्चनहरू देखिएका छन् ।”

    व्यवसायीहरू बिचको इगो (प्रतिसोध) का कारण प्याराग्लाइडिङलाई प्यारालाइसिस (क्षयपूर्ण) गराउन नहुने उहाँले चेतावनी दिनुभयो । “पर्यटन क्षेत्रको एउटा महत्त्वपूर्ण प्रडक्टका रूपमा रहको प्याराग्लाइडिङलाई प्यारालाइसिस गराउन हुँदैन, यसमा सम्बन्धित क्षेत्रमा रहेका साथीहरूले आफू भित्र रहेको इगोलाई हटाइदिनुहोला, र एउटा उपयुक्त सोलुसन (समाधान) लिएर आउनुहोला, प्रमुख आचार्यले भन्नुभयो, होइन भने सिडिओ साव यही हुनुहुन्छ, म यही छु, हामीले आदेश गर्नुपर्ने हुन्छ, त्यति बेला त्यो अलिकता नमिठो हुनसक्छ ।”

    प्रमुख आचार्यले मञ्चबाटै व्यवसायीहरूलाई सडक महोत्सवलाई कमाउने मौकाको रूपमा नलिन अपिल समेत गर्नुभयो । विगतमा यस प्रकारका गुनासाहरू थुप्रै आएको स्मरण गर्दै उहाँले यसपालि त्यस प्रकारको कमजोरी नगर्न अपिल गर्नुभएको हो । “विगतमा यस्ता गुनासाहरू थुप्रै आएका छन्, यस पटक यो कमजोरी कहिकसैबाट नहोस्, प्रमुख आचार्यले भन्नुभयो, स्थानीय प्रशासनले अनुगमनका क्रममा कुनै कैफियत फेला पारे कोही उम्कन पाउने छैन ।” कमाउने नभई प्रवद्र्धन गर्ने अवसरका रूपमा यसको उपयोग गर्न उहाँले अनुरोध गर्नुभयो ।

    रजत वर्षको उपलक्ष्यमा पोखरालाई चिनाउन महल्वपूर्ण योगदान गर्ने दिग्गज व्यक्तित्वलाई सम्मान गरिएको छ, भने संस्थाद्धारा प्रकाशित रजत स्मारिका समेत विमोचन गरिएको छ । महोत्सवको पुर्वसन्ध्यामा लेकसाइडको खहरेचोकदेखि कोमागाने पार्कसम्म सांस्कृतिक झाँकीसहितको र्याली गरिएको छ । महोत्सव अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन जनवरी १ अर्थात् पुस १६ गतेसम्म चल्नेछ । महोत्सव पाँच लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.