मेष- दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ। दिन रमाइलोको साथ बित्नेछ। रोकिएका अधुरा कामहरू पूरा हुनेछन् भने व्यावहारिक समस्याको हल हुने छ। सामान्यतया दिन राम्रो छ।
वृष- पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ। सामाजिक कार्यमा संलग्न हुनुपर्ने देखिन्छ। सोच्दै नसोचेको ठाउँबाट आर्थिक लाभ हुने समय छ।
मिथुन- सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा पीडा होला। स्वास्थ्यमा समस्या आउला, उपचारका लागि खर्च हुनेछ। गरेका कार्यहरू हत्तपत्त नबन्ने र बनिहाले पनि मिहिनेतअनुसार फल नपाइने योग छ।
कर्कट- काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ। आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्न थाल्ने छन्। प्रयासअनुसारको कार्य हुनुका साथै परिआएका समस्याको हल हुनेछ। अन्न तथा धनको पनि लाभ होला।

सिंह- कामममा जोश जाँगर आउनुका साथै आर्थिक एवं समाजिक लाभ मिल्नेछ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ। समस्याहरू आफैं किनारा लाग्ने छन्। धैर्य बढाउन सके धेरै राम्रो समय छ।
कन्या- अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्न थाल्नेछन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। साथी, घरपरिवारबाट सुख शान्ति पाइने छ। यात्राको लागि उचित समय छ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती सामना गर्नुपर्नेछ।
तुला- कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ। परिवारबाट सोचेअनुरूप सहयोग नमिल्नाले व्यावहारिक काममा कठिनाइ हुनेछ।
वृश्चिक- सोचेअनुसार काम बन्न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। आज त्यसै-त्यसै समय अलमल गराउने खालको छ। काममा पनि मन नजान सक्छ। आँटे-गरेका काम पूरा हुनुका साथै समस्याको समाधान हुनेछ। परिवारबाट सुख मिल्ने दिन छ।
धनु- आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्नेछ। आत्मबल बढ्नेछ। व्यापारमा सोचेअनुरूप फाइदा होला। लाभदायक समय छ। आर्थिक लाभ मिल्ल्नुका साथै व्यापार व्यवसायमा फाइदा हुनेछ।
मकर- पैतृक सम्पत्तिबाट लाभ हुनुका साथै धार्मिक कार्यमा संलग्न हुने समय छ। वाहन, चौपाया आदि प्राप्त होला। नयाँ सामान खरिद गर्ने योग छ। आकस्मिक सफलता वा असफलता मिल्ने समय छ। रुपैयाँ-पैसाको कारोबार हुने दिन छ।
कुम्भ- शारीरिक र मानसिक आलश्यता बढ्नेछ। झैझगडा हुने दिन छ । अनावश्यक डर, वादविवाद हुन सक्नाले समय खासै राम्रो छैन। गरेका कामहरू अधुरा रहने छन्। स्वास्थ्यले पनि साथ नदिन सक्छ।
मीन- हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिँदैनन्। घरपरिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ। कामहरू अधुरै रहनाले मनमा खिन्न होला। घरपरिवारबाट पनि त्यति सहयोग पाइने छैन।









