नेपालि काग्रेश रामेछाप जिल्ला को नेता स्व. राज नारायण श्रेष्ठ को ५० वर्षको उमेरमा हृदयाघातबाट मङ्गलवार राती काठमाडौँमा निधन भएको हो । श्रेष्ठ आफैले सञ्चालन गर्दै आएको होटेलमा रहेको बेला मङ्गलवार राती करिब ८ः३० बजे हृदयाघात भएको र उपचारको लागि किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको भए पनि बचाउन नसकिएको नेपाली काँग्रेस रामेछाप प्रदेश सभा (ख) का सभापति राजेश कुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठको अन्तिम दाहसंस्कार आज पशुपतिमा गरियको प्रदेश सभापति श्रेष्ठले बताउनुभयो । नेपाल विद्यार्थी सङ्घबाट काँग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका श्रेष्ठ दुई पटक नेपाली काँग्रेस जिल्ला कार्य समिति रामेछापको सदस्यमा निर्वाचित हुनुभएको थियो । नेपाली काँग्रेस रामेछापको १४औँ जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा चुनाव लड्नुभएका श्रेष्ठ गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाटै खाँडादेवी गाउँपालिका–५ को वडा अध्यक्षमा पराजित हुनुभएको थियो । २०५६÷०५७ साल देखि नै होटेल व्यवसायमा लागेका श्रेष्ठ फास्ट फुड एसोसिएसन नेपालको पूर्व महासचिव एवं वर्तमान सल्लाहकार समेत रहनुभएको थियो










