२५औँ संस्करणको सडक महोत्सव बिहीबारदेखि सुरु हुँदैछ । ‘सडक मै खाउँ, सडक मै रमाऔं’ भन्ने उद्देश्यका साथ आयोजित महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा ५ लाख पर्यटक तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

महोत्सवको बिहीबार पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले कोमागाने पार्कमा आयोजना हुने विशेष समारोहका विच उद्घाटन गर्ने रेवान पोखराका महासचिव विकास भट्टराईले जानकारी दिए । उनका अनुसार त्यसअघि बिहान ११ बजे हल्लनेचोबाट बाजागाजा सहित संस्कृतीक झाँकि निस्कने छ ।








