• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, असार ०४, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

बन्धक बनाई कुटपिट घटनाका आरोपितहरू गिरफ्तार


  •    संवाददाता/ मङ्गलबार, पुष १०, २०८०  

  • कमलामाई नगरपालिका-४, ढकाल गाउँकी ३८ वर्षीया शारदा थापालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको आरोपमा सोही ठाउँका ३४ वर्षीय इश्वरकुमार पोखरेल, ३६ वर्षीय मिलन देवकोटा, ३५ वर्षीय निकेश ढकाल, ३२ वर्षीया लक्ष्मी पोखरेल, ४३ वर्षीय विष्णु ढकाल, ४१ वर्षीय एकबहादुर खड्का र उहाँका पति ४४ वर्षीय सन्तोष थापालाई प्रहरीले ०८० पुस ८ गते गिरफ्तार गरेको छ ।

    पीडित महिलालाई चार दिनसम्म बन्धक बनाई कुटपिट गरेको थाहा पाएपछि प्रहरीले पुस ८ गते उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार सिलवालले जानकारी दिनुभयो । पीडितको सिन्धुली अस्पतालमा उपचारपछि पुस ९ गते सेफ हाउसमा राखिएको छ ।

    पीडित महिलाले भन्नुभयो, ‘मलाई पुस ५ गतेदेखि घरको खाँबोमा बाधेर कुट्पिट भयो, मलाई र मेरो पति सन्तोष थापालाई पनि खाँबोमा मैसँग बाँधियो, पछि पतिलाई खोलियो, मलाई पानी पनि खान दिइएन, न शौचालय नै जान पाएँ । प्रहरीलाई जानकारी गराउन खोज्दा मोवाइल नै अफ गरिदिए । मलाई मार्ने र मृत्यु दर्ता गराउँछौ भन्दौ मदिरा र गाँजा खुवाएर कुट्न लगाए ।’

    घरको आँगनछेउ बिजुलीको पोलमुनि अचेत भई लडिरहेको अवस्थामा प्रहरीले पुस ८ गते उद्धार गरेको एसपी सिलवालले बताउनु भयो । उद्धारका गर्दा पनि शारदाको शरीरको आधा भाग पोलको डोरीमै बेरिएको उहाँले उल्लेख गर्नुभयो ।

    इन्सेक जिल्ला प्रतिनिधिसँग कुरा गर्दै पीडितले भन्नुभयो, ‘घरको खाँबोमा बाधेर कुटपिट गरी रहेको अवस्थामा मलाई बिजुलीको पोलमा लगेर बाँधियो र छाती, टाउको, गोडा लगाएत शरीर र सम्वेदनशील अङ्गमा समेत कुटपिट भयो । आरोपितहरूले बाँधेर मुक्का, लात्ती र लौरोले कुटपिट गरे । म बिजुलीको पोलमा बाँधिएको थिएँ । होस आउँदा अस्पतालको वेडमा रहेछु ।’

    एसपी सिलवालका अनुसार शारदाका पति सन्तोषले आफूहरूले स्थानीयसँग १ करोड २५ लाख रुपियाँ ऋण लिएको बयान दिएका छन् । बयान अनुसार थापा दम्पतीले काठमाडौँमा जग्गा किन्ने क्रममा उक्त ऋण लिएका थिए । तर, उनीहरूले ऋण तिर्न सकेका थिएनन् । जिल्ला प्रहरी कार्यालयका एसपी सिलवालले भन्नुभयो, ‘अचेत अवस्थामा मैले नै शारदाको उद्धार गरेको हुँ, आपराधिक कार्य भएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.