कपिलवस्तुमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर १० भावपुरमा गाई काटेको आरोपमा तीन जना पक्राउ परेका हुन् ।
स्थानीय सुरज विकको घरमा गाई काटेर मासुको भाग लगाइरहेको अवस्थामा तिन जनालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा सुरज विक, बुद्धुभुमी नगरपालिका वाड नम्बर ८ हरिहरपुरका बर्साती थारु र रुपन्देही कन्चन ५ का श्रीधर टमाटा रहेको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बताए ।








