• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

तमु हे तमु समाज काठमाडौको २१ औं साधारणसभा तथा पाँचौं अधिवेशन बाट अध्यक्षमा टीका सिंह गुरुङ चयन


  •    संवाददाता/ सोमबार, पुष ०९, २०८०  

  • तमु हे तमु समाज काठमाण्डौको २१ औं साधारणसभा तथा पाँचौ अधिवेशन संस्थाका अध्यक्ष याम गुरुङको अध्यक्षतामा र नेपाल सरकारका न्याय कानुन तथा संघीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आतिथ्यतामा तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदको केन्द्रिय कार्यालय मित्रनगर काठमाण्डौमा सम्पन्न भएको छ ।

    Open photo

    साधारणसभा तथा अधिवेशन कार्यक्रममा संस्थापक सल्लाहकार  हिम गुरुङ गुरुङ ,सल्लाहकार एवम् नेपाल सरकारका पुर्व उपसचिव खडक बहादुर गुरुङ , सल्लाहकार कुम्भसिंह गुरुङ र पुर्व अध्यक्ष एवम् सल्लाहकार ई.गंगा गुरुङको बिशेष आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रम असन ग्रहण संगै साधारणसभा तथा अधिवेशनका अध्यक्ष याम बहादुर गुरुङ र बिशेष अतिथि संस्थाका सल्लाहकार हिम बहादुर गुरुङले दीप प्रज्ज्वलन गरि कार्यक्रम समुद्गाटन गरेका थियो।

    Open photo

    कार्यक्रममा स्वागत मन्तव्य संस्थाका आमा समुहका अध्यक्ष आश माया गुरुङले  राखेका थिए भने सल्लाहकार कुम्भ सिंह गुरुङ र सल्लाहकार हिम गुरुङले मन्तव्य राखेको थियो । कार्यक्रम संस्थाका सचिव संगीता गुरुङले संचालन गरेका थिए । साधारणसभामा वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष याम गुरुङले प्रस्तुत गरेका थिए भने आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण गुरुङले प्रस्तुत गरेको  थियो ।

    Open photo

    अध्यक्ष र कोषाध्यक्षले प्रस्तुत  गरेको वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन माथि छलफल पश्चात्  प्रस्तुत वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पास भए संगै पुरानो कार्यसमिति भंगभएको घोषण गर्दै निर्वाचन समितिका संयोजक प्राध्यापक मन बहादुर गुरुङ लाई हस्तान्तरण गरेको थियो।निर्वाचन समितिमा संस्थाको मंसिर ३० गते बसेको  बैठकले प्राध्यापक मन बहादुर गुरुङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति चयन गरेको थियो ।

    Open photo

    सदस्यहरुमा पदम बहादुर गुरुङ र लिल माया गुरुङ रहेको थियो। संयोजक मन बहादुर गुरुङ ,सदस्यहरु पदम बहादुर गुरुङ र लिल माया गुरुङको निर्वाचन समितिले टीका सिंह गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको थियो । नयाँ कार्यसमितिको अध्यक्षमा टीका सिंह गुरुङ, उपाध्यक्षमा दुर्गा गुरुङ ,सचिवमा संगीता गुरुङ लाई चयन गरेको छ। त्यसैगरी कोषाध्यक्षमा जौ बहादुर  गुरुङ,सह-सचिवमा यमुना देवी  गुरुङ रहेको छ भने सदस्यहरुमा बेल बहादुर गुरुङ ,मिलन गुरुङ, आश माया गुरुङ ,शान्ति  गुरुङ ,बिमल गुरुङ ,मिना कुमारी गुरुङ ,दल बहादुर गुरुङ , तारा बहादुर गुरुङ ,दिलिप कुमार गुरुङ र खिम बहादुर गुरुङ लाई चयन गरेको छ। त्यसैगरी आमा समुहको अध्यक्षमा आश माया गुरुङ,उपाध्यक्षमा शान्ति देवी गुरुङ ,सचिवमा यमुना देवी गुरुङ र कोषाध्यक्षमा लिल माया गुरुङ चयन भएका छ्न भने सदस्यहरुमा धनसुवा गुरुङ,सीता गुरुङ ,आशा कुमारी गुरुङ , इन्द्र माया गुरुङ ,धनमाया गुरुङ, पवित्रा गुरुङ , यन माया गुरुङ ,बिष्णु माया गुरुङ ,माया गुरुङ , मिना कुमारी गुरुङ र  सीता गुरुङ चयन लाई गरेको छ।

    Open photo

    निर्वाचित नयाँ कार्यसमिति लाई   निर्वाचन समितिका  संयोजक प्राध्यापक मन बहादुर गुरुङले ओहोदाको प्रमाणपत्र प्रदान गरि सपथ ग्रहण गराउदै निर्वाचित नयाँ कार्यसमिति लाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए । उक्त साधारणसभामा संस्थाले स्मारिका छैठौं अंकको कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका कानुन ,न्याय तथा संघीय मामिला मन्त्री धनराज गुरुङले विमोचन गरेको थियो ।त्यसैगरी  संस्थाले विभिन्न तहमा उतिर्ण गरेका  बिद्यार्थीहरु लाई  सम्मानपत्र,स्योंकै कार्यक्रममा आर्थिक सहयोग गर्ने महानुभाव लाई मायाको चिनो  र संस्था लाई आर्थिक सहयोग गर्ने महानुभावहरु लाई  सम्मानपत्र सहित मायाको चिनो प्रदान   गरेको थियो भने दशैको अवसर पारेर घटस्थापना दिन सुर्यदर्शन व्याटमिन्टन एकेडेमीमा आयोजना गरेको समाज स्तरीय चौथो पुरुष तथा महिला व्याटमिन्टन प्रतियोगितामा बिजेता बनेका खेलाडीहरु  लाई सम्मानपत्र सहित ट्रफी प्रदान गरेको थियो ।

    Open photo

    पुरुष डबल सुपर भेट्रान्समा विजेता रुद्र बहादुर गुरूङ्ग र गंगा बहादुर गुरूङ्ग,उप बिजेतामा दुर्गा बहादुर गुरूङ्ग र हिम बहादुर गुरूङ्ग,खुल्ला पुरुष डबल ‘क ‘विजेतामा  बेल बहादुर गुरूङ्ग र नन्दु गुरुङ्ग,उपविजेतामा दुर्गा बहादुर गुरूङ्ग र सूर्य गुरुङ्ग,खुल्ला पुरुष डबल ‘ख’ विजेतामा विमल गुरुङ्ग र सिक्षण गुरुङ्ग,उपविजेतामा  जिवन गुरुङ्ग र तारा बहादुर गुरूङ्ग,महिला डबल विजेतामा मिना कुमारी गुरुङ्ग र धनु माया गुरुङ्ग,उपपविजेतामा संगीता गुरुङ्ग र दर्शना गुरुङ्ग रहेको छ।

     

    प्रतिकृया दिनुहोस
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    ताजा अपडेट
    • खाली चेकमा पैसा आफै भर्नुस्, समाचार नलेख्नुस् भनेका थिए: किशोर श्रेष्ठ
    • जापानमा नेपाली विद्यार्थी विवादमा: रुममेटको तरकारी चोरेको आरोपपछि नेपाल फिर्ता पठाइँदै
    • सुकुमवासी बस्तीहरू खाली गर्न निर्देशनप्रति बालेनको ‘अपरिपक्वता’ मात्र नभई जनताप्रति सिंगो रास्वपाको ‘राजनीतिक बेइमानी’ : रक्षा बम
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.