पोखरा
बाह्रौँ संस्करणको पोखरा महोत्सव आगामी पुष २६ देखि माघ ८ सम्म हुने भएको छ । आयोजक यूनाइटेड क्लबले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आगामी पुसको २६ देखि माघको ८ गते सम्म पोखरा महोत्सव हुने जानकारी दिएको हो । “युवाको जाँंगर राष्ट्र निर्माणको आधार” भन्ने मुल नाराका साथ २०६७ साल बैशाख ७ गते स्थापना भएको यूनाइटेड क्लबले महोत्सवको आयोजना गरी सामाजिक काम गर्दै आइरहेको छ ।
क्लवले पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुल्ला चिडियाखानाको अवधारणा र सेती नदी संरक्षणमा काम गर्दै आइरहेको क्लबका अध्यक्ष राजु श्रेष्ठले बताए । श्रेष्ठका अनुसार बाह्रौँ पोखरा महोत्सवबाट लेखनाथको अर्चलेमा रहेको क्लबको आफ्नै जग्गामा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई लक्षित गरी निशुल्क शिक्षा प्रदान गर्ने गरी आवाशिय छात्रावास निर्माणको लागी समेत रकम छुट्याइने छ ।









