अधिकारीहरुले अहिले एउटा अस्पतालमाथि छानबिन गरिरहेका छन् । शल्यक्रिया गरिरहेको बेलामा एक जना डाक्टरले बिरामीमाथि मुक्का हानेको घटनालाई लिएर अस्पताल अनुसन्धानको दायरामा आएको थियो ।
अस्पतालको माउ समूह एइअर चाइनाले ती सर्जनलाई निलम्बित गरिदिएको छ । अस्पतालको प्रमुख कार्यकारी अधिकारी (सीईओ)लाई पनि बर्खास्त गरेको छ । यो घटना सन् २०१९ को भएको बताइएको छ । चाइना आँखा अस्पतालको चेन सञ्चालन गर्छ । यो घटना दक्षिणपश्चिम चिनियाँ शहर कुईकाङको एउटा अस्पतालको हो । बिरामी ८२ वर्षीय महिला थिइन् ।
लोकल एनेस्थेसियाका कारण शल्यक्रिया भइरहँदा बिरामी चलिरहिन् । उनले आफ्नो टाउको चलमलाइन् अनि आँखा पनि धेरै पटक डुलाइन् । बिरामीलाई स्थानीय भाषा मात्रै बोल्न आउँथ्यो । डाक्टरले मन्दारिनमा दिएको चेतावनी उनले बुझिनन् । यस घटनामा बिरामीको निधारमा चोट लागेको स्थानीय अधिकारीहरुले बताएका छन् । यो घटनापछि अस्पताल व्यवस्थापनले माफी माग्दै पीडितलाई ५०० येन क्षतिपूर्ति दिएको बताइएको छ । अहिले ती वृद्धाले बायाँ आँखाले केही पनि देख्दैन ।
बिहीबार कम्पनीले यो घटना घटेको अस्पतालका सीईओलाई बर्खास्त गरेर सर्जनलाई निलम्बित गरेको छ । ती डाक्टर अस्पतालको डिन समेत भएको बताइएको छ ।








