राजाराम डंगोल
६ पुष, धुनिबेशि :
धुनिबेशिमा आजदेखि हुने “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव -२०८०” पुर्व प्रधानमन्त्री एवम् नेकपा एकीकृत समाज वादीपार्टि आध्यक्ष माधव कुमार नेपालले उद्घाटन गर्नुहुने भएको छ।
धादिङको धुनिबेशि नगरपालिका छ चालिसेमा आज देखि स्मार्ट धुनिबेशी युवा क्लवको आयोजनामा महोत्सव हुन लागेको हो।
महोत्सवमा स्थानीय स्तरमा उत्पादन भएका वस्तु तथा कृषी उपजहरूको प्रर्वद्धन गर्न, धुनिबेशी नगरको पहिचानलाई चिनाउन, यहाँको कला संस्कृति, भेषभुषा, धार्मिक एंव पर्यटकीय स्थलहरूको प्रचारप्रसार, लद्यु उद्यम, हस्तकला, घरेलु तथा साना उद्योग, कृषि तथा कृषिमा आधारित व्यवसायलाई नयाँ प्रविधिको जानकारी, स्वदेशी उद्योगलाई प्रतिस्पर्धी उद्योगको रुपमा उन्मुख गराउन, स्थानीय तहको संस्कृतिको प्रचार प्रसार र जर्गेना गर्ने लागायतका विविध उद्देश्यका साथ “बहुउद्देश्यीय धुनिबेशी नगर महोत्सव -२०८०” आयोजना गरिएको आयोजकले जनाएको छ।
उक्त महोत्सवको विशेष आकर्षकको रुपमा स्थानीय कलाकारहरूको नृत्य प्रतिभालाई पहिचान गर्ने उद्देश्यका साथ ” धुनिबेशी आईडल -२०८०” को छनौट गर्ने कार्यक्रम रहेको छ भने हरेक दिन ख्याति प्राप्त राष्ट्रियस्तरका कलाकारहरूको सांस्कृतिक प्रस्तुतीका साथै स्थानीय कलाकारहरूको उत्कृष्ट प्रस्तुतिहरू रहनेछ।
त्यस्तै महोत्सवमा मनोरञ्जनको लागी बाल उद्यान, रोटे पिङ लगायत अन्य खेल सामाग्रीहरू पनि रहने छन्।
महोत्सव पुस १५ गते आइतबार सम्म संचालन हुने आयोजकले जनाएको छ। समन्वय भने धुनिबेशी १, २, ३, ४, ५, ६, ७, ८, ९, वडाहरु रहेका छन्।








