• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो ; मन्त्री सुदन किराँती

"क्रिश्चियनलाई मान्दिनँ भन्नु संविधानलाई मान्दिनँ भन्नु हो ; मन्त्री सुदन किराँती "

  •    अभियान हाम्रो डट कम / बिहिबार, पुष ०५, २०८०  

  • बुधवार काठमाडौँमा आयोजित उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० कार्यक्रममा बोल्दै किराँतीले भने, ‘नेपाल बहु धार्मिक राज्य हो । यो संविधानले स्वीकारेको कुरा हो । मैले भनेको कुरा होइन । राज्यका आँखामा सबै धर्म बराबरी हुन् । आज तीन करोड नेपालीमा लाखौँ क्रिश्चियनहरु भइसकेका छन् । क्रिश्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हत्कडी लगाउने जेलमा हालिदिने हो ।’

    उनले आफू कुनै धार्मिक मान्छे नभएको पनि बताए । ‘म त राज्य हो नि । म राज्यमा बसेर धर्म माने भने मैले नमान्नेमाथि दमन गर्छु । राज्यमा बस्नेको धर्म हुँदैन । त्यसकारण धर्मनिरपेक्ष राष्ट्र हुनुपर्छ ।’ धर्म मान्ने स्वतन्त्रतामाथि आफूले सम्मान गर्ने पनि उनको भनाइ थियो ।

    उनले जिसस क्राइस्ट महान् नेता भएको पनि बताए । उनी विद्रोही नेता भएको दाबी गर्दै तत्कालीन अवस्थामा त्यो देशको शासन नमान्दा मृत्युदण्ड दिएको उनको भनाइ थियो । ‘म पनि विद्रोहबाट आएको हुनाले धेरै सम्मान गर्छु’, उनले भने, ‘मैले मात्रै होइन, यो चाहिँ अहिलेको प्रधानमन्त्रीले पनि गर्नुहुन्छ ।’ जिससको व्यक्तित्व प्रधानमन्त्री प्रचण्डलाई पनि मन पर्ने उनको जिकिर थियो ।

    अर्को प्रसङ्गमा किराँतीले राम्रो काम गर्दागर्दै सरकारमाथि आक्रमण भएको भन्दै नेतृत्वलाई गाली र बदनाम गर्नु गणतन्त्र मास्नु भएको पनि बताए ।

    ‘राम्रो काम गर्दागर्दै पनि प्रधानमन्त्रीमाथि यति ठुलो आक्रमण छ । अहिलेको सरकारको नेतृत्वलाई गाली र बदनाम गर्नु भनेको गणतन्त्र मास्नु हो । व्यवस्थालाई अन्त्य गर्दिनु हो । व्यवस्थालाई अन्त्य गरे संविधान मासिन्छ, त्यो भनेको हामी सबैको अन्त हुन्छ । त्यसकारण अग्रगामी शक्तिहरूको एकता जरुरी छ,’ उनले भने ।

    परिवर्तन चाहने अग्रगामी शक्तिहरू एक हुन जरुरी भएको पनि उनले उल्लेख गरे । राणा शासन, पञ्चायत फालेको र मिलेर संविधान बनाएजस्तै सबै मिलेर गरिबीको अन्त्य गर्नतर्फ लाग्नुपर्ने धारणा पनि उनले राखे ।

    यस्तै, उनले नेपाल हिन्दु राष्ट्र मात्र कायम हुनै नसक्ने बताएका छन् । सबै नेपाली जनता मिलेर बसेको र धार्मिक सहिष्णुता लामो समयबाटै रहिआएकाले व्यवस्था विरोधीले चाहँदैमा हिन्दु राष्ट्र नहुने उनको तर्क थियो ।

    दुर्गा प्रसाईँ नेतृत्वले केही समयअघि हिन्दु राष्ट्रको पक्षमा गरेको विरोधलाई हाफ्सिलाको संज्ञा दिएर किराँतीले भने, ‘प्राचीन इतिहासदेखि नेपाली समाज मिलेर बस्दै आएको छ । ती हाफ्सिलालाई के चिलाको ? क्रिश्चियनको घरमा हिन्दु पनि मलामी गएकै छ, हिन्दुकोमा किराँत पनि मलामी गएकै छ, बुद्धिस्टहरू पनि सँगै मिलेर बसेकै छन् । तर, यिनीहरू चाहिँ हामीलाई जुधाउन र लडाउनको निम्ति देशलाई बारुदभित्र हराउनको लागि लागेका छन् । तर नेपाली जनताले यसलाई अस्वीकार गर्छन् ।’

    यस्ता प्रयास विभिन्न कालखण्डमा पटक पटक भइआएको उनको भनाइ थियो । ‘पञ्चायतमा पनि कोसिस गरे, पछि पनि भयो र अहिले पनि हुँदै छन् तर, जनताले एकचोटि तिरस्कार पनि गरिसकेका थिए,’ उनले भने, ‘पूर्वतिर हाप्सिलाहरू अलिअलि कराउँदै थिए । कराउँदै कराउँदै बल्खु आइपुगेछ । तितरबितर हुँदै सिफल पुगेछ । अनि भक्तपुर हुँदै फर्केर आफ्नै ओडार गएछ । जनताले अस्वीकार गरिसके, प्रकृतिमा मरेको चिज फर्किँदैन रातोपाटिले जनाएको छ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.