वर्ल्डलिंकसहित तीन आइएसपीले आफुखुशी टिकटक खुलाएका हुन् स्राेतका अनुसार वर्ल्डलिंक, डिसहाेम फाइबरनेट र ब्राेडलिंकका उच्च अधिकारीकाे अनौपचारिक वैठक आज काठमाडाैंमा बसेकाे थियाे ।
साे वैठकले काठमाडाैं बाहिरका चार ठाउँमा रहेका लाेकल सर्भरबाट टिकटक खुलाउने निर्णय गरेकाे स्राेतले बतायाे । त्यसलगत्तै तीनवटै आइएसपीका ग्राहकहरूकाे डिभाइसमा टिकटक चल्न थालेकाे छ ।
काठमाडाैंमा भने तत्काल नखाेल्ने रणनीति छ । काठमाडाैंमा खाेल्दा सरकारी निकायकाे ध्यान जाने र कारवाहीमा परिने डरले यस्ताे निर्णय लिइएकाे स्राेतकाे भनाइ छ ।
टिकटक प्रतिवन्धविरूद्धकाे मुद्दा सर्वाेच्चमा विचाराधीन रहेकाे छ । आइएसपीहरूले आफूखुशी टिकटक खुलाएर सरकारलाई ठाडाे चुनाैति दिएका छन् ।








