• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मर्न सजिलो तर बाँच्न गाह्रो ; रवीन्द्र माकाजू

"मर्न सजिलो तर बाँच्न गाह्रो ; रवीन्द्र माकाजू "

  •    अभियान हाम्रो/ मङ्गलबार, पुष ०३, २०८०  

  • रवीन्द्र माकाजू
      पोखरा
             सिने अभिनेता एवं नाटककार प्रकाश घिमिरे (पोखरा ३) अहिले मृत्युशैयाबाट तङ्ग्रेर अभिनय जगतमा पुनः फर्किएका छन् । वरीष्ठ कलाकार हरिवंश आचार्य बेलायत, अमेरिका आदि देशमा जानुपर्ने भएकाले प्रकाश घिमिरे सकि नसकी महाजात्रा सिनेमाका लागि सुटिङ भ्याएर पोखरा फर्किएका छन् ।
       अभिनेता घिमिरे गएको कार्तिक १० गते घाँस काट्ने क्रममा नराम्ररी दुर्घटनामा परे । करीब ७५÷८० मिटर तल खोल्सोमा खसे । उनलाई यो घटना धेरै दिन पछि मात्र थाहा भयो । उनी दुर्घटनामा परेर नराम्ररी घाइते भएको समाचार सामाजिक सञ्जालमा हुरी सरी सल्कियो । अधिकांश पोखरेलीहरुले उनको दीघार्युको कामना गरे । पोखरा महानगरका मेयर धनराज आचार्य तत्कालै अस्पताल पुगे । आफन्त, शुभेच्छुक, संस्कृतिकर्मी, कलाकारहरू उनको हालचाल जान्न अस्पताल परिसर नै पुगे । सबैको चासोको विषय बन्यो उनको स्वास्थ्य अवस्था ।
           घिमिरेले त्यसदिनको वृतान्त बताउँदै भने – म त्यस दिन मर्निङ वाकका लागि भलाम पनि पुगेको थिएँ । त्यहाँबाट मूलको पानी ल्याएँ पनि । पछि नास्ता गरिसकेपछि गोठबाट आँसी, नाम्लो, डोको बोकेर घाँस काट्न गएँ ।
    धेरै दिन पछि मलाई थाहा भयो म अस्पतालको बेडमा परेको । शरीरका सबै अङ्गमा भयानक पीडा र दर्द थियो । म रुन्थँे कराउँथे, चिच्याउँथे । औषधीले राहत दिएपछि गीत गाउँथे । मान्छेहरू मलाई देखेर मुस्कुराउँथे । पछि मान्छे चिन्न थालँे । पछि छोरी ज्वाई आएर मलाई ढाडस दिए । त्यसबेला मलाई थप उपचारका लागि काठमाडौं लाने तयारी पनि गरेका रहेछन् । तर पे्रसर साह्रै कम भएका कारण छोरी डा. रेखा शर्मा र ज्वाइ डाक्टर कृष्णनन्दन शाहको सल्लाह अनुरूप थप उपचार पोखरा मै नै गर्ने सल्लाह भएछ ।
    म सबैको सद्भाव र परमात्माको असीम कृपा स्वरूप ठिक हुन पाएँ । मेयर साप र अस्पताल सञ्चालक आनन्द बतास, कृष्णमोहन श्रेष्ठ लगायतका मित्रहरुका कारण आवश्यक स्वास्थ्य सुविधा मलाई प्राप्त भयो । पोखरा महानगरबाट पनि सक्दो सहयोग गर्ने अफर आयो । साथीभाइ सबैले सहयोग गर्ने ईच्छा व्यक्त गरेका रहेछन् मेरा परिवारसँग । तर मेरा छोरीहरुले नै उपचार खर्च व्यहोरे, घिमिरेले ती पुराना दिन सम्झदै भने ।
          घिमिरे पोखरेली युवा सांस्कृतिक परिवारका पूर्व अध्यक्ष पनि हुन् । उनी नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य पनि भएका थिए । सूर्योदय क्लबका संस्थापक अध्यक्ष घिमिरेले कन्या स्कुलमा करिब ३७ वर्ष पढाए । घिमिरेले छक्का पञ्जा, छ माया छपक्कै जस्ता करीब ५० फिल्ममा अभिनय गरेका घिमिरेले थुपै्र नाटक मञ्चन गरेका छन् । उनी त्यसदिनको दर्दनाक घटनालाई सम्झदै भन्छन्– वास्तवमा जीवन भनेकै नाटक रहेछ ।
    घिमिरेले भने– मलाई थाहा थिएन जीवन यस्तो पनि हुन्छ भनेर । नाटकमा जीवनलाई विभिन्न रूपमा देखेको थिएँ तर वास्तविक जीवनमा यस्तो भोग्नुपर्छ भन्ने सोचेको थिइँन । मलाई अस्पतालको त्यस घटनाले के स्मरण गरायो भने मर्न सजिलो रहेछ तर बाँच्न गाह्रो । म ७ दिन सम्म बेहोशीमा बाँचेछु मलाई त्यसबेला असीम आनन्दको अनुभूति भयो । जब होसमा आएँ तब थाहा पाएँ जीवन भनेको पीडा र विवशता रहेछ । किनकी चेतनशीलता भनेको कठिन विषय रहेछ । यही घटनाले जीवनको यथार्थतालाई नगिजबाट चिन्ने र जान्ने मौका पाएँ ।
            वि.सं. २०१९ साल असोज २३ गते गिद्ध एकादशीका दिन जन्मिएका घिमिरे आफूलाई सबैका सद्भाव मिलेकोले भाग्यमानीका रूपमा सम्झन्छन् । मेरो दीघार्युका लागि मेरा मित्रहरु दिपेश खत्री, रवीन्द्र बानिया जस्ता कलाकारले बौद्ध लामा पद्धति अनुसार दीर्घायुको कामना पनि गरेका रहेछन् । मलाई यसबाट के लाग्छ भने म परमात्माको कृपा स्वरूप बाँच्न पाएको हुँ । यो नाफाको जिन्दगीलाई मैले सत्कर्मका लागि, समाजका लागि नै खर्चनु पर्दछ ।
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.