• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, जेठ २३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

लमजुङका एक वडा अध्यक्षलाई आफ्नै काकाले ज्यानमार्ने सुपारी दिएको कुरा बाहिरिए

"लमजुङका एक वडा अध्यक्षलाई आफ्नै काकाले ज्यानमार्ने सुपारी दिएको कुरा बाहिरिए  "

  •    अभियान हाम्रो/ सोमबार, पुष ०२, २०८०  

  • आफ्नै काका पर्नेले ज्यानमार्ने सुपारी दिएको कुरा बाहिरिएको छ । मध्यनेपाल नगरपालिका–१ का वडा अध्यक्ष सुदिप थापालाई उनका काका पर्ने ४५ बर्षिय बाबुराम थापाले मान्छे लगाएर १ लाख ५० हजार दिने सर्तमा बैना समेत दिएर मार्न सुपारी दिएको घट्ना बाहिरिएको हो ।

    वडा अध्यक्ष थापाले बेसीशहरमा पत्रकार सम्मेलन गर्दै शुक्रबार घट्नाबारे खुलाएका हुन् । पत्रकार सम्मेलनमा थापाले भने, ‘काका बाबुराम थापा र उनका छोरा २३ बर्षिय सागर थापाले घरमै मान्छे लुकाएर राखेर मलाई मार्ने योजना बुनेका रहेछन् । म माथि ३/४ पटक मार्ने प्रयास समेत भएछ । तर, कुन नियत वा रिसिविले यो कार्य भएको हो त्यो त प्रहरी अनुसन्धानमा खुल्ला नै, म त छक्क परेको छु ।’

    वडा अध्यक्ष थापाले थप कुरा राख्दै भने, ‘विगत केहि दिन अघि काका बाबुरामको घरबाट सुनका गहना हराएको कुरा सुने, र गत बुधबार वडा अध्यक्षको नाताले काकाको घरमा बुझ्न गएको थिएँ । सो दिन काका काम बिशेषले बेसीशहर जानुभएको रहेछ । तर, स्थानीय छरछिमेकसँग बुझ्दा सुनको विषय त कसैले पनि थाहा नभएको बताए । बरु, उल्टै काकाले अन्य अपरिचित व्यक्ति घरमा ल्याइ राखेको कुरा पो सुने ।’

    उनले थपे, ‘फोन गरेर काकालाई सुनको विषयमा कुरा गर्नु छ भनेर खबर गरेँ । साँझ ७ बजे प्रहरी चौकी सोतीपसलमा बसी सुन हराएको विषयमा छलफल सुरु गरियो । उनको घरमा आएका तनहुँको ब्यास नपा– ७ घर बताउने ३१ बर्षिय रोसन गुरुङ पनि त्यहाँ उपस्थित थिए । उनले सुन हराएको विषय थाहा नभएको बताए । तर, उनले प्रहरी माझ यस्तो राज खोल्दा म त दंग परेँ ।

    उनले प्रहरी र मेरो सामु आफुलाई बाबुराम थापा र निजको छोरा सागरले सेटिङमा वडा अध्यक्षलाई मार्न भनि १ लाख ५० हजारको सुपारी (बैना) समेत दिई आफुलाई केहिदिन देखी आफनो घरमा ल्याएको कुरा खुलाए । सागरको भनाई मोवाइलमा भिडियो रेकर्ड राखेका थापाले भिडियो रेकर्ड सुनाउँदै भने, ‘वडा अध्यक्षलाई विगत ३/४ दिनदेखि मार्ने प्रयास गरेपनि असफल भएको कुरा प्रहरी सामु समेत उनले स्विकार गरे । यतिमात्र होइन बाबुराम र उनको छोरा सागरले समेत यो कुरा सत्य भएको प्रहरी सामु खुलाए ।’

    सो पश्चात वडा अध्यक्ष थापाले ज्यान मार्ने उद्योगमा कारबाहिको माग सहित बिहिबार जिल्ला प्रहरी कार्यालयमा प्रमाणसहित जाहेरी दिँदा प्रहरीले यो शिर्षकमा जाहेरी लिन नमानेको समेत उनले पत्रकार सम्मेलनमा भनेका छन् ।

    बाबुराम थापा, उनका छोरा सागर थापा र रोशन गुरुङलाई भने, प्रहरीले बिहिबार राती नै नियन्त्रणमा लिएको छ । वडा अध्यक्ष थापा शुक्रबार समेत जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगेका छन् ।

    यता जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर थानेश्वर चपाईसँग कुरा गर्दा उनले भने, ‘हामीले ३ जनालाई गएराती नै नियन्त्रणमा लिएका छौँ । वडा अध्यक्षले ज्यान मार्ने उद्योगमा मुद्धा चलाउने कुरा गरेकाले आधार पुष्टि हुन आए जाहेरी लिएर अनुसन्धान अघि बढाउनेछौँ ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    ताजा अपडेट
    • चर्को घाममा तिर्खाएका जीवका लागि युवाको प्रेम, सडकभरि पानीका भाँडा
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.