देशकै सरकार प्रमुखको नातिनीको विवाह भनेपछिदुलाहा हेलिकप्टर, घोडा या हात्तिमा आउलान्,विवाह समारोहमा प्रवेशपास होला,विवाह स्थल झकिझकाउ र तामझाम पुर्ण होला,
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, कुटनितिक नियोगका प्रतिनिधि, नेपाल सरकार उच्च पदस्थ कर्मचारी सहभागी समारोह सुरक्षाको दृष्टिले अति संवेदनशीलहुनेछरभेटघाट समेत अनुकुलता पर्दैन होला,यस्तै सोचेर गोकर्ण गएको थिएँ।तर ठिक विपरित।
प्रधानमन्त्री प्रचण्डको नातिनी तथा मेयर रेनु दाहालको छोरीको विवाह नाम मात्रको ५ तारे होटलको चौरमा रहेछ।
विवाह स्थलको कुना तिर सानो आवाजमा एउटा स्पिकर बजिरहेको थियो।
मेयर रेनु दाहाल अघि पछि भन्दा पनि सामान्य पहिरनमा निम्तालु हरेकको स्वागतमा व्यस्त थिईन।
५-६ जना गाउँघरकै पञ्चेबाजा टोली अघि लगाउदै दुलाहा खुट्टाले हिडेर विवाह मण्डपमा पुगे।
राष्ट्रप्रमुख सहभागी विवाह कार्यक्रम समारोह नभई गाउँघर तिरको सामान्य परिवारले गर्ने छेवर कार्यक्रम जस्तो।
प्रवेश पास त परको कुरा एउटा मेटल डिटक्टर समेत राखिएको थिएन। जुन अनिवार्य हुनु पर्थ्यो।
प्रधानमन्त्री सहित उच्चपदस्थसंग जो कसैले सजिलै भेट्न र तस्वीर खिच्न सकिन्थ्यो।
नबोलाईएका, बाटो पर्दा छिरेकाहरु करिब ३ सय जना सर्वसाधारण विवाह सहजै सहभागी भए।विवाहमा खर्च भनेकै दुहाला दुलहीको तस्वीर राम्रो आवोस भन्ने उद्देश्यले फुलले सजाएको मण्डप करिब ५० हजारको होला खाना प्रति प्लेट ८००-१००० ।(मामुली होटलले लिने रेट)सोचे भन्दा सरल र सामान्य रहेछ ।
साभार








