• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख ०३, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

१३ महिनापछि हत्यारा पक्राउ हत्या गर्नेले नै भनेको थियो, ‘प्रहरीलाई छिटो बोलाऊँ


  •    संवाददाता/ सोमबार, भदौ ०७, २०७८  

  • एकजना त्यस्ता व्यक्ति पनि थिए जो मकैखोला गाउँको जनकल्याण माविको भवन निर्माणमा खटिएका थिए। उनैले त्यो भेलामा कुर्लिंदै भने, ‘प्रहरीलाई छिटो बोलाऊँ।’ जनप्रतिनिधिले प्रहरीलाई खबर गरे। प्रहरी गएर मुचुल्का तयार गर्‍यो। पोहोर सालको असार २५ गते त्यसरी भेटिएको लास मकैखोला गाउँकी १७ वर्षीया कोपिला परियारको भएको ठहरसमेत भयो। कोपिला घोप्टो अवस्थामा मृत भेटिएकी थिइन्। शरीरबाट लुगा खोलिएको थियो। स्थानीय र प्रहरीको प्रारम्भिक अनुमान थियो, ‘बलात्कारपछि हत्या भएको हुनुपर्छ।’

    स्याङ्जाको हरिनास गाउँपालिका क्याक्मी घर भएका मोटे भनिने रामबहादुर थापालाई २० दिन हिरासतमा राखेर प्रहरीले छाड्यो। त्यसको १३ महिनापछि भने कास्की प्रहरीलाई उनैलाई कोपिलाको हत्याराका रुपमा पक्राउ गरेको छ। र प्रहरीले यो पनि पत्ता लगाएको छ कि रामबहादुर थापा भनिएका ४५ वर्षे उनको खास नाम खड्कबहादुर खवास हो। अझ रोचक त के भने पोहोरको असार २५ गते घटनास्थलमा भएको भेलामा प्रहरीलाई छिटो बोलाऊँ भन्ने पनि उनै खड्कबहादुर खवास नै थिए।

     

    १५ असारपछि कोपिला सम्पर्कविहीन थिइन्। त्यसदिन मौरीखोलामा साथीहरुसँग पौडी खेलेकी थिइन्। एसपी थापाका भनाइमा कोपिलासँग एकजोरभन्दा धेरै लुगा हुन्थेन। त्यसैले पौडी खेलिसकेर पनि साथीहरुलाई घर जाऊ भनेर उनी खोलामै बसेकी थिइन्। एसपी थापाले भने, ‘पौडी खेलेर तातो ढुंगामा एक सुत्ने अनि लुगा सुकेपछि घर फर्कने गरेको अनुसन्धानबाट खुलेको छ।’ अनुसन्धानबाट यो पनि पत्ता लाग्यो कि त्यस दिन खोलातिर तिनै खड्कबहादुर खवास पनि गएका थिए। उनलाई त्यसरी खोलातिर गएको देख्नेहरु पनि पत्तो लगाएपछि फेरि प्रहरीले उनैमाथि अनुसन्धान सुरु भयो। अनुसन्धानका क्रममा उनले उक्त दिनको सबै घटनाक्रम खुलाए।

    कोपिला अभिभावकविहीन भएको फाइदा खवासले उठाएर शारीरिक सम्बन्ध राखेको र त्यही सम्बन्ध बोझ हुने देखि हत्या गरेको एसपी थापाले जानकारी दिए। कोपिला सानै हुँदा उनकी आमा र बाबुले फरकफरक बाटो समातेका थिए। दुवैले अर्को अर्को बिहे गरेका थिए। एसपी थापा भन्छन्, ‘कोपिला ३ कक्षासम्म पोखराको गैरसरकारी संस्था कोपिला नेपालमा पढेर फेरि गाउँ फर्केकी थिइन्, कहिले घरका हजुरबुवा हजुरआमाकहाँ त कहिले मामाघरका हजुरबुवा हजुरआमाकहाँ बस्थिन्।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    ताजा अपडेट
    • कम्युनिस्ट पुनर्जागरणको प्रस्थानविन्दु: प्रचण्डको नेतृत्व र वाम एकता
    • आज मिति २०८२ साल चैत २७ गते शुक्रबार, तपाईको आजको राशिफल
    • पोखरा बुधबार साँझ सभागृह चोकमा हत्या गरिएकी ४२ वर्षीया सिर्जना पौडेल क्षेत्री दुःखान्त
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • पोखरामा बाटोमा हिँडिरहेको अवस्थामा मोटरसाइकलबाट आएका युवाले हतियार प्रहार

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.