प्रशान्त आचार्यको सभापतित्वमा भएको नेपाल विद्यार्थी संघ विज्ञान संकाय उत्कृष्ट छात्र छात्रा सम्मान कार्यक्रममा पृथ्वीनाराण क्याम्पस ,पोखरा कास्कीबाट २०७९ सालको स्नातक चौथो बर्षको परिक्षामा ९० प्रतिशत सहित सम्पूर्ण संङकायहरु बाट सर्बोत्कृष्ट कुशल पोख्रेल र छात्रा तफ रोजिना ओझालाई सम्मान गरिएको छ। प्रमुख अतिथि सन्जय आले रहेको सो कार्यक्रममा विज्ञान संकायका सभापति, प्रशान्त आचार्यले निकै उत्कृष्ट र प्रशंसा योग्य काम गरेको बताउनुभएको थियो।
सोही कार्यक्रम बीच नेपाल विद्यार्थी संघ विज्ञान संकायको छैठौ अधिवेशन पनि सम्पन भएको थियो। अधिवेशनमा ८ जना, सुरेश थापा, लिलाधर भट्ट, सुलोचना सुवेदी, समिक्षा पौडेल, विशल जङ ठकुरी, कितन वाग्ले, अग्नि दिप चापागाईं, अन्जली रेग्मी सभापतिको कितन वाग्ले नवनिर्वाचित कार्यसमिति चयन भएको थियो ।








