जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नै बुवाको हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारका २१ वर्षीय सुनिल चेपाङ रहेका छन् ।उनलाई गएराती प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सुनिलले आफ्ना बुवा ४१ वर्षीय रामशरण चेपाङलाई ढुंगा प्रहार गरेका थिए । त्यसपछि गम्भीर घाइते भएका रामशरणको उपचारको क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको थियो । घरायसी सामान्य विवादको क्रममा आफ्नो बुवालाई ढुंगा प्रहार गरेको बताइएको छ ।सो विषयमा अहिले थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।








