कैलाली जिल्लाको सुर्नया गाउँपालिका- ३ को बिजुलमा ६१ वर्षीया हरिना बिस्टलाई धारिलो हतियार प्रयोग गरी विभत्स हत्या गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।
३२ वर्षीय तेजबहादुर चन्दले वृद्धाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
क्षतविक्षत अवस्थामा घरको ढोकामा रहेको थियो । चन्दले बिस्टको घरमै गएर सब्बल, हँसियालगायतका धारिलो हतियार प्रयोग गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घरमा कोही नभएको मौका छोपेर चन्दले बिस्टको हत्या गरेपछि गोठका २ वटा बाख्रा पनि मारेको स्थानीयले बताए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








