• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

पोखरामा सुरु भयो माविस्तरिय ‘प्याब्सन स्पोर्टस मिट’


  •    संवाददाता/ मङ्गलबार, मङि्सर २६, २०८०  

  • पोखरा

    पोखरामा सोमबारबाट माविस्तरिय (कक्षा ९–१२) लक्षित प्याब्सन स्पोर्टस मिट २०८० सुरु भएको छ ।

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) कास्कीको आयोजनामा उक्त स्पोर्टस मिट तिन दिन सम्म सञ्चालन हुने छ । उक्त प्रतियोगिताको एक कार्यक्रमका विच शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्विका प्रसाद आचार्यले गरेका छन् ।

    सो अवसरमा बोल्दै निर्देशक आचार्यले यस प्रकारका प्रतियोगिताले भाइचाराको सम्वन्धलाई बलियो बनाउने संगै समाजलाई समेत अनुशासनतर्फ डोर्याउन भूमिका खेल्ने बताए । विद्यार्थीहरुकमा रहेको अन्र्तनिहित क्षमता प्रस्फुटन गर्दै शिक्षकहरुका विच समेत यस प्रकारका कार्यक्रम ल्याइनुपर्ने कुरामा जोड दिए । पोखरालाई शैक्षिक गन्तव्यको रुपमा विकास गर्न सिकाई संगै यसका सर्वपक्षिय विषयहरुलाई समेटेर लैजानु पर्ने उनको भनाई थियो ।

    कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षाको विकासका लागि खेलकुद सिकाईको अभिन्न पाटो रहेको उल्लेख गर्दै खेलकुदले मानवजिवनका लागि आवश्यकताका रुपमा रहेको अनुशासनलाई समेत स्थापित गर्न भूमिका खेल्ने बताए ।

    कार्यक्रममा प्याब्सनका केन्द्रिय उपाध्यक्ष कृष्ण केसीले बालबालिकाको सर्वाङ्गिण विकासका लागि खेलकुद अपरिहार्य रहेको बताए । त्यसै गरि एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले खेलकुदले विद्यार्थीहरुको सिकाईमा सकारात्मक प्रभाव पार्ने औंल्याउँदै राष्ट्रको गौरव बढाउन खेलकुद अपरिहार्य रहेको उल्लेख गरे ।

    प्याब्सन कास्कीका अध्यक्ष मथुरा प्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वरिष्ठ उपाध्यक्ष उमा लामिछाने र सचिव पुष्पराज पराजुलीले समेत आफ्ना भनाई राखेका थिए ।

    सो अवसरमा प्याब्सन कास्कीले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त कृयाकलापमा विजेता विद्यार्थी तथा विद्यालयहरुलाई ट्रफी तथा प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

    यसै विच पहिलो दिन भएको छात्र भलिबलमा सोसियल पव्लिकले वेष्ट पोइन्टलाई २५–१८, २५–१४ ले, पश्चिमाञ्चलले विद्या निकेतनलाई २५–११, २५–१४ ले, केफले प्रतिभालाई २६–२४, २८–२६ ले, टप्सले पोखरा लनर्सलाई २५–४, २५–९ ले, स्पाइरल ग्यालेक्सीले हाभर्डलाई २५–१२, २५–१८ ले, रेन्वोले एक्स आर्मीलाई २५–११, २५–१४ ले, ताराकुञ्जले बालप्रभातलाई १५–२५, २५–२१ र २५–१९ ले, गुरुकुलले पोखरा युनाइटेडलाई २५–१२ र २५–१५ ले जित्दै दोश्रो चरणमा प्रवेश गरेको भलिबल संयोजक मोहनलाल पौडेलले जानकारी दिए ।

    त्यस्तै छात्रा भलिबलतर्फ टप्सले विभुतीलाई २५–४, २५–६ ले, गुरुकुलले पश्चिमाञ्चललाई २५–२२, २५–१४ ले, नेशनल इन्भेन्टिभले नेपाल आदर्शलाई २५–२१, २५–१४ ले, केफले पोखरा युनाइटेडलाई २५–१६, २५–१२ ले र प्रतिभाले सवलाइमलाई २५–१५, २५–१३ को सोझो सेटमा पराजित गरे ।

    त्यसै गरि सोमबार पहिलो चरणका छात्र–छात्रा टेबुल टेनिसका खेलहरु जारी रहेको संयोजक विष्णु तिमिल्सिनाले जानकारी दिए ।

    बास्केटबल छात्रतर्फ सोमबार ८ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक विधान गौतमले जनाएका छन् । गौतमका अनुसार बास्केटबल उद्घाटन खेलमा प्रतिभा माविले पोखरा लनर्सलाई ३१–१४ ले पराजित गरेका छ भने अन्य खेलमा स्पाइरल ग्यालेक्सी, मेरीगोल्ड, केफ, स्टेप वाई स्टेप, कुमुदिनी, मनकामना र बालोदयले पहिलो चरणका खेलहरु जितेका छन् ।

    स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, छात्र–छात्रा बास्केटबल र छात्र–छात्रा टेबुल टेनिस हुने स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिएका छन् । स्पोर्टस मिटमा छात्र भलिबलमा २२ टिम र छात्रातर्फ १३, बास्केटबल छात्रतर्फ २५ टिम र छात्रातर्फ १२, यसै गरी टेबुल टेनिस छात्र सिंगल्समा २६ र छात्रा तर्फ २४, टेबुल टेनिस छात्र-छात्रा डबल्समा १४–१४ टिमको सहभागिता रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.