• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, जेठ १२, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

रातको नाचगानमा खुकुरी हानेर भागेका चेपाङले प्रहरी समक्ष आत्मसमर्पण गरे

"रातको नाचगानमा खुकुरी हानेर भागेका चेपाङले प्रहरी समक्ष आत्मसमर्पण गरे "

  •    / बुधबार, मङि्सर २०, २०८०  

  • मंसिर ७ गते बिहीबार गण्डकी गाउपालिकाको कोलडाँडामा आयोजित नाचगानमा खुकुरी हानेर भागेका मन्दिप चेपाङले सोमबार गोरखा प्रहरीमा आत्मासमर्पण गरेका हुन् ।

    नाचगानका क्रममा एक्कासी गण्डकी गाउपालिका–१ मकैसिङको कोलडाँडा बस्ने २४ बर्षका सागर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका चेपाङ सोमबार गोरखा प्रहरीमा आएर आत्मासमर्पण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।

    राती ११ बजे भएको उक्त आक्रमणमा सागर गुरुङको टाउकोमा गंभिर चोट लागेको थियो । लगत्तै गुरुङको चितवन पुर्याएर टाउकोको अप्रेशन गरिएको थियो । सागरलाई आइतबार मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको छ । उनका आफन्तका अनुसार सागरलाई घरमा नै राखेर थेरापी गराइने छ । उनको बोली समेत फुटन सकेको छैन ।

    यता जिल्ला प्रहरी कार्यालय गोरखा प्रहरी निरिक्षक एवं सूचना अधिकारी रबिन्द्र अधिकारीका अनुसार घटनामा संलग्न भएको आरोपमा मंसिर १० गते गण्डकी गाँउपालिका–१ मकैसिङ बुटार बस्ने २६ बर्षिया बिमला चेपाङलाई पक्राउ गरी ११ गते ज्यान मार्ने उद्योग कसूर शीर्षकमा मुद्दामा गोरखा अदालतबाट म्याद थप गरी अनुसन्धान भई रहेको जनाएको छ ।

    त्यस्तैगरी, सोही घटनाका मुख्य आरोपी चेपाङलाई पनि प्रहरीले आज सोही मुद्वामा गोरखा अदालत उपस्थित गराएर म्याद थप गरी अनुसन्धान गरेको बताइएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    ताजा अपडेट
    • यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • आज मिति २०८३ साल वैशाख २९ गते मंगलबार, यस्तो छ आजको तपाईको राशिफल
    • सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ ।
    • सरकारलाई आत्महत्या दुरुत्साहन मुद्दा लाग्ने कि नलाग्ने ? प्रमुख सचेतक युवराज दुलाल
    • सर्लाही चिनी मिल नजिक हुलाकी सडक खण्डको छेउमा सडेको अवस्थामा पुरुषको शव फेला

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.