एनसेल खरिद बिक्री प्रकरणमा पनि सरकारको चासो रहेको बताए । ‘१३० अर्बको सम्पत्ति करिब ६ अर्बमा बेचिएको सुनिएको छ । यत्रो सम्पत्तिमा बिक्रेता र क्रेताले मनलाग्दी गर्न पाउँदैन । यसलाई बेच्दैमा राज्यले मान्नुपर्छ भन्ने छैन’, प्रचण्डले भने ।
प्रधानमन्त्रीले यस सम्बन्धमा प्रचलित कानुनी प्रावधानको पालना भए नभएको, शेयर बिक्री वितरण गर्दा प्रचलित विधि र प्रक्रिया पालना भए नभएको एवं यसबाट नेपाल नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्वलगायतका विषयमा पर्ने प्रभावका बारेमा सम्बन्धित निकायलाई शीघ्र अध्ययन गर्न निर्देशन दिइसकेका छन् । सोको अध्ययन प्रतिवेदन नआउँदासम्म किनबेच अघि बढ्न नसक्ने प्रधानमन्त्रीको भनाइ थियो ।
उनले भिजिट भिसाका नाममा भइरहेको असुरक्षित वैदेशिक रोजगारीलाई रोक्न सरकारले योजना बनाइरहेको, कोप सम्मेलन नेपालमय भएको र नेपालको पक्षमा माहौल सिर्जना भएको, सरकारले सुशासनको सवालमा काम गरेको जस्ता धारणा पनि सो अवसरमा राखेका थिए ।








