सिरहा नगरपालिका—१५ की ३० वर्षीया संजिता कुमारी यादवको हत्या गरेको आरोपमा उनका ४० वर्षीय पति देवेन्द्र यादवविरुद्ध पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा ०८० मङ्सिर १२ गते उजुरी दिनु भएको छ ।
आरोपितले पत्नीलाई मङ्सिर ७ गते घरायसी बिवाद हुदाँ इटा र बाँसको भाटाले कुटपिट गरी हत्या गरेको मृतकका बुबा हरि यादवको आरोप रहेको छ । हत्या पश्चात आरोपितले लाशलाई उपचारको लागि लग्ने भन्दै भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत झाडीमा लाश फ्यालेकोले आरोपितलाई कानुन बमोजिम कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएको उहाँले बताउनु भयो । शवको पोष्टमार्टम प्रादेशिक अस्पताल सिरहामा मङ्सिर १२ गते गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्रराज पाण्डेले भन्नु भयो, “घटनाको जानकारी हुनासाथ नेपाल प्रहरीले भारतीय प्रहरीसंग समन्वय गरी खोज तलास गर्दा आरोपितलाई बोर्डर नजिकबाटै मङ्सिर ९ गते फेला पारी गिरफ्तार गरेको र सोधपुछ गर्दा भारतको मधुबनी जिल्लाको खजोली थाना अन्तर्गत झाडीमा लाश फ्यालेको बताए पछि लाशलाई खोज तलास गरी पोष्टमार्टम पछि परिवारको जिम्मा लगायौं ।”







