• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, बैशाख १०, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

अठार वर्षअघि मलेसियामा हराएका ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगे

"अठार वर्षअघि मलेसियामा हराएका ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगे "

  •    अभियान हाम्रो डट कम / मङ्गलबार, मङि्सर १२, २०८०  

  • अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोज तथा उद्धार गरेर नेपाल पठाएको हो।

    उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो।

    शुक्रबार क्लालाम्पुरबाट काठमाडौं आएका गोपाल शनिबार घर आइपुगेकाे सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए।

    मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए।

    ‘गोपाल भाइ मलेसियामा भेटिनुभयो मात्र होइन, उहाँकी आमाले हराइरहेको छोरालाई आज आफ्नै अँगालोमा पाउनुभयो’, सांसद शर्माले उद्धारप्रति खुसी व्यक्त गर्दै भने, ‘यो नै सबैभन्दा ठूलो खुसी हो।’

    गैरकानुनीरूपमा मलेसियामा रहेका गोपाललाई स्वदेश फर्काउन हवाई टिकट र जरिवाना गरेर नेपाली रु एक लाख चार हजार एक सय ६० तिर्नुपरेको नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाराज पंगेनीले जानकारी दिए।

    विसं २०६१ चैत ८ गते प्रोडक्सन अपरेटर कामका लागि श्रम अनुमतिपत्र पाएर १९ वर्षका उमेरमा गोपाल मलेसिया गएका थिए‍। घर फर्किँदा उनी ३७ वर्षका भइसके। मलेसिया पुगेको एक सातापछि उनीमाथि गैरकानुनी कामदार भएको आरोप लागेको थियो। यसपछि उनको वास्तविक अवस्थाबारे नेपालमा रहेको परिवार बेखबर थियो।

    विदेशमा हराएको छोरा फर्केर घर आएकामा घिमिरेकी आमा सानीले खुसी व्यक्त गरेकी छन्। उनले छोरा खोजिदिन पहल गरिदिने सबैप्रति आभार प्रकट गर्दै अब दुःखजिलो गरेर स्वदेशमै गरिखाने बाटोमा लाग्न छोरालाई आग्रह गरेकी छन्।

    गोपालले मलेसियामा रहँदा ज्यादै दुःख र सास्ती व्यहोर्नुपरेको बताए।

    ‘गैरकानुनी कामदार भएपछि बस्न र खानै मुस्किल परेको थियो’, उनले आमासँग आफ्नै घरमा भेट भएपछि भने, ‘यतिका वर्ष विदेश बस्दा सुको कमाएर घर पठाउन सकिनँ। आमाको आशीर्वादले बाँचेर आउन पाएँ, यसैमा म खुसी छु।’

    घरमा गोपालको एक छोरा पनि छन्। उनकी आमा सानी नेत्रहीनको समूहलाई सडक गायनमा डोहोर्‍याएर गुजारा चलाउँदै आएकी छन्। घरको आर्थिक स्रोतले खान लाउन नपुग्ने जनाउँदै छोरालाई वैदेशिक रोजगारीमा पठाउन ऋण काढ्दा घर पनि बैंकको धितोमा रहेको उनले बताइन्। रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू : प्रधानमन्त्री बालेन्द्र शाह
    ताजा अपडेट
    • गृहमन्त्री को राजीनामालाई भारतीय सञ्चारमाध्यमहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार लाइ अर्को झट्का
    • आज यी तीन प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
    • शनिबार र आइतबार अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्नू : प्रधानमन्त्री बालेन्द्र शाह
    • आज मिति २०८३ साल वैशाख १० गते बिहिबार, तपाईको आजको राशिफल
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.