• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बुधबार, बैशाख ०९, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

मानव सेवा आश्रमलाई एभरेस्ट एफएमको थप १ लाख हस्तान्तरण , पौडेल भए स्टाफ अफ द इयर


  •    संवाददाता/ आइतबार, मङि्सर १०, २०८०  

  • पोखराबाट प्रसारण हुने एभरेस्ट एफएमले पोखरा–२५ हेम्जास्थित मानव सेवा आश्रमलाई १ लाख १ रुपैयाँ प्रदान गरेको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसअघि घोषणा गरेको मानव सेवा आश्रममा ‘एभरेस्ट एफएम’ कक्ष निर्माणका लागि थप १ लाख एक रुपैयाँ प्रदान गरेको हो । एफएमको तेस्रो वार्षिकोत्सवको अवसरमा आइतवार आयोजित कार्यक्रमकाबिच एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले मानव सेवा आश्रम कास्कीका संयोजक सदीश पुनलाई रकम हस्तान्तरण गरेकी हुन् ।

    अघिल्लो वर्ष एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेको एफएमले ५ वर्षमा सवा ५ लाख दिने प्रतिबद्धता जनाएको थियो । सोही प्रतिबद्धता अनुरुप एफएमले दोस्रो वार्षिकोत्सवको अवसरमा अघिल्लो वर्ष पहिलो किस्ता स्वरुप १ लाख १ रुपैयाँ नै प्रदान गरेको थियो । यस वर्ष प्रदान गरेको रकम एफएमको दोस्रो किस्ता भएको एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

    ‘संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत एभरेस्ट एफएम कक्ष निर्माण गर्ने घोषणा गरेका थियौं,’ उनले भने, ‘अघिल्लो वर्ष पहिलो किस्ता बुझाएका थियौं । यो दोस्रो किस्ता हो भने बाँकी आगामी ३ वर्ष निरन्तर प्रदान गर्छौं ।’

    एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले एभरेस्ट एफएमको उद्देश्य नै सामाजिक सचेतना फैलाउँदै समाज सेवा गर्नुरहेको बताइन् ।

    यसअघि एफएम सञ्चालनको अवसरमा २०७७ सालमा पनि रेडियोले मानव सेवा आश्रम पोखरालाई १ लाख ५० हजार १ सय ११ रुपैयाँ प्रदान गरेको थियो । प्रथम वार्षिकोत्सवको अवसरमा एफएमले खादरजुङको एक आधारभूत विद्यालयका बालबालिकालाई न्यानो कपडा वितरण गरेको थियो ।

    यसैबीच, एफएमले तेस्रो वार्षिकोत्सवको अवसरमा आश्रममा आश्रित बुबाहरुलाई विहानको खानापनि खुवाएको छ । आश्रममै पकाएर आश्रित १०७ जना बुबाहरुलाई खाना खुवाएको र त्यसमा लागेको खर्च एफएमले व्यहोरेको सम्पादक श्रेष्ठले जानकारी दिए ।

    पौडेललाइ स्टाफ अफ दि इयर

    एभरेस्ट एफएमको ‘बेीट स्टाफ अफ दी ईयर’बाट समाचार वाचक शशि पौडेल पुरस्कृत भएका छन् । एफएमले वर्षभर काम गरेको आधारमा छनोट गर्ने स्टाफ अफ दी इयरबाट पौडेल पुरस्कृत भएका हुन् । एफएमको तेस्रो वार्षिकोत्सवको अवसरमा पुरस्कृत पौडेललाई नगद १५ हजार ६ सय ७५ रुपैयाँसहित दोषल्ला, माला र खादा लगाएर सम्मान गरिएको थियो । कार्यक्रममा मिडिया हाउसकी अध्यक्ष कर्मकुमारी गुरुङ, सम्पादक दीपेन्द्र श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु हरि शर्मा गैह्रे, कृष्णप्रसाद न्यौपाने, विमलमान गुभाजु, भोलाकुमार श्रेष्ठलगायतले सम्मान गरेका थिए । यसअघि दोस्रो वार्षिकोत्सवको अवसरमा प्राविधिक प्रमुख दीलु गुरुङ बेस्ट स्टाफ अफ दी इयरबाट पुरस्कृत भएका थिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    ताजा अपडेट
    • सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन
    • प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज गर्नुको साटो सुदृढीकरण
    • अमेरिकी उपराष्ट्रपति जेडी भान्सको पाकिस्तान भ्रमण रद्द
    • २०८३ साल वैशाख ०९ गते बुधबारको तपाइको आजको राशिफल
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.