• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता : एपिएफ विजयी


  •    अभियान हाम्रो / आइतबार, मङि्सर १०, २०८०  

  • पोखरा

    पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगिता अन्तर्गत एपीएफक्लवका अरुण ऐरीले लुम्विनीका ५ जनालाई पेभिलियन फर्काएपछि एपिएफ ८४ रनले विजयी भएको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ६७ रनमै समेटिएको हो । लुम्बिनीलाई समेट्न ४ ओभर बलिङ गरेका ऐरीले ७ रन दिंदै ५ विकेट हात पारे ।

    लुम्बिनीका मिर्नल गुरुङले सर्वाधिक १४ रन जोड्दा रोशन गुप्ताले अविजित १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् । एपिएफका भुवन कार्कीले २, अभिनास बोहरा र अमर रौतालाले समान १–१ विकेट लिए ।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५१ रन बनाएको थियो । लोकेश बमले विष्फोटक पारी खेल्दै १३ बलमा ३ चौका, ३ छक्काको मद्दतमा ३२ रन बनाउँदा एपिएफले सम्मानजनक स्कोर गरेको थियो । गण्डकी संग एक खेल गुमाएको एपिएफलाई सेमीफाइनल प्रवेशका लागि अनिवार्य जित निकाल्नु पर्ने दवावमा रहेको एपिएफका लागि कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पुरन विकले २३, सुमित महर्जनले १८ र अशिफ शेखले १३ रनको योगदान दिए ।

    यता बलिङतर्फ लुम्बिनीका रमेश कुर्मी र अविषेक गौतमले समान २–२ विकेट लिए भने मोहमद हुसेनले १ विकेट हात पारे ।

    समुह ‘बि’मा रहेको एपीएफ सेमिफाइनलमा पुग्ने संभावनालाई बलियो बनाएको छ । एक–एक खेल जित्दै एपीएफ र गण्डकीको समान २–२ अंक छ । सेमिफाइनलको टुंगो आइतबार हुने गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको खेलबाट लाग्नेछ । गण्डकीले जित निकालेको खण्डमा एपीएफ प्रतियोगिताबाट बाहिरिनेछ ।

    पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ तथा आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता रहेको छ ।

    प्रतियोगितामा उपाधि विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगिता अन्तर्गत आइतबार समुह बी अन्तर्गत गण्डकी र लुम्विनी तथा दोश्रो खेल समुह सि अन्तर्गत रहेको विभागिय टिम नेपाल पुलिस क्लव र मधेश प्रदेशका विच हुनेछ ।

    कर्णाली विजयी
    दिपेन्द्र रावतको उत्कृष्ट प्रदर्शनमा पोखरामा जारी केपी ओली कप राष्ट्रिय टि२० प्रतियोगितामा कर्णाली प्रदेशले जित निकालेको छ ।

    मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगितामा कर्णाली ४ विकेटले जित निकालेको हो । आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी ‘रातो’ विरुद्ध ११० रनको लक्ष्य पछ्याएको कर्णालीका लागि म्यान अफ दि म्याच समेत रहेका दिेपन्द्रले नट आउट रहँदै ३१ बलमा २ चौका र ३ छक्काको मद्धतले ४३ रनको इनिङ खेले । कर्णालीले १८।१ ओभरमा ६ विकेट गुमाउँदै १११ रन बनायो ।

    टस जितेर इनिङको सुरुवात गरेको आयोजक रातोले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाउँदै १०९ रन बनायो । चार बल फेस गरेका आयोजकका कप्तान अमर मिश्र १ रन बनाउँदै अनुज चनाराको बलमा रविन्द्र शाहीको हातबाट क्याच आउट हुन पुगे । आयोजकका लागि निर्मल थापाले ३१ बलमा १७ रन, अंकित विएमले १८, निश्चल ज्ञवालीले १९, रोशन गौतमले २० बलमा ३० रन, सहजाद अलामले १६ रनको योगदान दिए ।

    कर्णालीका लागि प्रकाश जैशीले २ विकेट हात पार्दा दिनेश अधिकारी र दिवान पुनले समान १–१ विकेट लिए ।

    यता जवाफी व्याटिङमा उत्रिएको कर्णालीका लागि दिपेन्द्र राउतले ४३, प्रकाश जैशीले १९ र निश्चल रावलले १५ रन बनाए । आयोजक रातोका लागि विप्राशन केसी र सन्तोष यादवले समान २–२ विकेट लिंदा सन्द्रश पराजुली र सुमित थापाले १–१ विकेट लिए ।

    समुह ‘ए’मा रहेका दुवै टिम भने अन्तिम चारबाट बाहिरिएका छन् । सो समुहबाट बागमती लगातार दुई खेल जित्दै सेमीफाइनलमा प्रवेश गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.