लैजाउ फिर्ता
तिम्रा राजदुत
यहाँ नराखेकै बेस
लैजाउ आफ्नै देश
नजिकैबाट टुलुटुलु हेरेर
औपचारिक हस्तक्षेप
निरीह बनी हामी जस्तै
दुश्मनी दादागिरी
खाएर ढाडसी सलामि
बोकेर पक्षपात को ओहदा
बनेर दोश्रो दर्जाको राजदुत
भो बरु जाउ
उतैबाट गर खबरदार
बनाउ ब्यालेस्टिक हतियार
गर ठुलठुला आविष्कार
सह अस्तित्वका निम्ति
गर आणविक चमत्कार
संयुक्तराष्ट्रसंघलाइ हल्लाउने
विश्व लाई थर्काउने
मजबुत लाई फुटाउने
कमजोरलाई तर्साउने
खनिज भुमरीमा चर्ने
हतियार को ब्यापार गर्ने
मानवअधिकारको ढवाङ्ग रच्ने
मान्छेको रगतले प्यास मेट्ने
त्यो कागजी बाघलाइ
निकाल आवाज
बजार पैताला
खुस्काइदेउ हावा








