दुर्गा प्रसाईंको कार्यक्रमस्थलमा दुई पक्षबीच युवा संघ कार्यकर्ता र प्रसाईं पक्षबीच ढुंगामुढा भएको हो । उक्त क्षेत्रमा गाडी र एम्बुलेन्स तयारी अवस्थामा छन्। चोक चोकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ। सडकका दुवै किनारमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
विशेषगरी सुरक्षा निकाय कलंकी–बल्खु र तीनकुने क्षेत्रमा हाइअलर्टमा भेला हुने दुई क्षेत्र मध्ये बल्खुक्षेत्रमा राष्ट्रिय झन्डा बोकेर आएका केही समूह देखिएका छन्। उता तीनकुने क्षेत्रमा रातो टोपी लगाएर जम्मा हुनेको सङ्ख्या बढ्दै गएको देखिन्छ । रिङरोडका दुवै किनारमा सुरक्षाकर्मीहरूले रिङरोड छिर्ने चोकहरूलाई विशेष निगरानी गरेको देखिएको छ ।
माइतीघरलगायतका शीतल निवास,प्रधानमन्त्री निवास, मन्त्री निवास क्षेत्र वरपर स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिसकेको छ। सडकमा सार्वजनिक र निजी सवारीसाधनहरू अत्यन्त न्यून सङ्ख्यामा गुडिरहेका छन्। सार्वजनिकमा ट्याक्सी र केही छिटपुट रूपमा रुटका बसहरु संचालनमा छन्। निशेधआज्ञाका कारण माइतीघर क्षेत्र सामान्य छ ।








