आज काठमाडौंमा नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले कार्यक्रमको आयोजना गरेका छन्।
युवा संघको कार्यक्रम तीनकुनेमा र प्रसाईँको प्रदर्शन बल्खुमा हुने तय भएको छ। दुवै पक्षले उपत्यकाका विभिन्न ठाउँबाट जुलुस निकालेर कार्यक्रमस्थल पुग्ने तयारी गरेका छन्।
यसअघि दुवैको कार्यक्रमम माइतीघर मण्डलामा तय भएको थियो। झपडको सम्भावना भएपछि जिल्ला प्रशासन कार्यालयले माइतीघरदेखि नयाँ बानेश्वरसम्मको स्थानलाई निषेधित क्षेत्र घोषणा गरी कार्यक्रमका लागि छुट्टाछुट्टै स्थान तोकिदिएको हो।
नेकपा एमालेको भातृ संगठन युवा संघ नेपाल र व्यवसायी दुर्गा प्रसाईंको समूहले गर्ने विरोध कार्यक्रमका लागि नेपाल प्रहरीले सुरक्षा व्यवस्था मजबुत पारेकाे जनाएको छ। त्यस्तै अत्यावश्यकबाहेक सवारी नचलाउन ट्राफिक प्रहरीको अनुरोध गरेको छ।








