• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
मङ्गलबार, बैशाख ०८, २०८३  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • कोशी प्रदेश
      • मधेश प्रदेश
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो
Advertisement

चित्राको मूख्य भूमिकामा सन्तोष अधिकारी, पौष २७ गते रिलिज


  •    संवाददाता/ बिहिबार, मङि्सर ०७, २०८०  

  • पोखरा ।

    पाँच वर्षदेखि नेपाली सिनेमा क्षेत्रमा लगानी गर्दै आएका सन्तोष अधिकारी अभिनय मार्फत आउने भएका छन् । आमा, घर लगायतका सिनेमामा निर्माताको भूमिकामा काम गरिसकेका अधिकारी अभिनित सिनेमा “चित्रा” आगामी पौष २७ गते रिलिज हुँदैछ । सिनेमाको छायाँकन सकेर सम्पादनको काम भइरहेको अधिकारीले जानकारी गराएका छन् ।

    चित्रा बाबुछोरीको कथा हो । पछिल्लो समय राजनीतिक विषयवस्तु नेपाली सिनेमामा हाबी भइरहँदा पारिवारिक विषयवस्तु समेटिएको चित्रा दर्शकले रुचाउनेमा निर्माण पक्ष आशावादी देखिन्छ । एक्सन, ड्रामा र सामाजिक कथामा आधारित सिनेमा हर घरको कथा भएको अधिकारी बताउँछन् । अभिनयमा रुची भएकाले पनि आफु सिनेमाको पर्दा मार्फत आउन लागेको उनले बताए ।

    “सिनेमामा अभिनय गर्ने रुची मेरो पहिले देखिको नै हो । व्यवसायिक व्यस्तताका कारण विगतमा मिलेन । निर्माता भएर विस्तारै यो क्षेत्रमा हात हाले । अब अभिनय मार्फत आउँदैछु । सबैको माया पाउनेमा विश्वस्त छु ।”, उनले भने । चित्राको मूख्य भूमिकामा नै सन्तोष छन् ।

    जसका लागि आफुले धेरै मेहेनत गरेको उनले सुनाए । निर्देशक घनश्याम लामिछानेले चित्रा चल्ने प्रमुख आधार भनेकै कन्टेन्ट भएको बताए । बुबा छोरीको कथालाई दर्शकले रुचाउनेमा उनी आशावादी देखिन्छन् ।

    आफुले निर्देशन गरेका यसअघिका सिनेमा भन्दा मेकिङका हिसाबले पनि चित्रा फरक बनेको उनले उल्लेख गरे । सन्तोष अधिकारीको अभिनयलाई लामिछानेले तारिफ गरेका छन् । पोखराबाट पनि काठमाडौंलाई टक्कर दिन सक्ने सिनेमा बनाउन सकिन्छ भन्ने विषयको गतिलो उदाहरण चित्रा बन्ने दाबी लामिछानेको छ ।

    कास्कीको घाहचोक र पोखरामा छायाँकन गरिएको चित्रामा अधिकारी सँगै मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, प्रकाश घिमिरे, अन्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ, उज्वल ढकाल, दिपेश गजुरल लगायतका कलाकारको अभिनय छ ।

    आशिष थापा मगर चित्राका निर्माता हुन् । सन्तोष अधिकारी आफै कार्यकारी निर्मातामा रहेका छन् । अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको सिनेमामा राजनराज शिवाकोटीको संगीत छ भने स्वरमा उनलाई गायिका मिलन अमात्यले साथ दिएकी छिन् । चित्राको एक गीत “नगर है तानातान, नजरैको हानाहान…” सार्वजनिक भइसकेको छ । महेश पौडेलले छायाँकन गरेको सिनेमामा सम्पादनको  भूमिकामा सन्देश शाह रहेका छन् ।

    सन्तोष अधिकारी फिल्म्सको ब्यानर एवम् अस्याप इन्टरटेन्मेन्ट नेपाल र अस्ट्रेलियाको निर्माणमा तयार भएको सिनेमाको नेपालभरको वितरणको जिम्मा केदार पराजुली (श्री कृष्ण फिल्म्स) ले लिएका छन् । सिनेमाको अष्ट्रेलियाको अधिकार अविनास रोका मगरलाई सुम्पिएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    ताजा अपडेट
    • डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
    • संखुवासभाको मकालु गाउँपालिकामा पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु
    • सिन्धुलीको ईलाका प्रहरी कार्यालय खुर्काेटकाे थुनुवा कक्षमा एक दलित युवककाे मृत्यु
    • विवाह कार्यक्रमममा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ
    • आज २०८३ साल वैशाख ८ गते मंगलबारको तपाइको आजको राशिफल

    सम्पर्क :

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९

    इमेल :abhiyanhamro2017@gmail.com

     

    हाम्रो टिम:

    अध्यक्ष: अल्चनाश्रेष्ठ

    प्रबन्धक निर्देशक : सुमन राज पौडेल

    निर्देशक:राजेन्द्र तिमिल्सिना
    सम्पादक: मेलिना श्रेष्ठ
    कार्यकारी सम्पादक :अनुप प्रकाश पौडेल

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2017 Abhiyan Hamro| All rights Reserved.
     Website By :  Ganesh Lama.