६ मंसिर २०८० ।
सुनको भाउ आज तोलामा तीन सय रुपैयाँ बढेको छ । तीन सय रुपैयाँ बढेर बुधबार सुन तोलाको एक लाख १६ हजार पाँच सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी तोलाको एक हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।








