नेपाल प्रहरीको साइबर ब्युरोले भिपिएन र डिएनएसको प्रयोग असुरक्षित र अवैध रहेको भन्दै टिक्टकरहरुलाई सचेत गराएको छ।
टिकटकको माध्यमबाट विद्युतीय स्वरूपमा गैरकानुनी कुरा सम्प्रेषण गरी व्यक्तिको चरित्र हत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सदभाव खलबल्याउने र राष्ट्रिय एकतामा प्रतिकूल असर गर्नेजस्ता गतिविधि भइरहेको भन्दै ब्युरोले यस्ता गतिविधि नगर्नसमेत सचेत गराएको छ।

‘भिपिएन र डिएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले मंगलबार जारी गरेको सूचनामा भनिएको छ।








